बक्यौता नतिर्ने ११ हवाई कम्पनीलाई ३० दिने अल्टिमेटम, कुन कम्पनीले कति तिर्न बाँकी ?

संवाददाता
माघ २६, २०७७

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले ११ वटा हवाई कम्पनीहरुलाई बाँकी बक्यौता रकम ३० दिन भित्र तिर्न अल्टिमेटम दिएको छ । प्राधिकरणले सार्वजनिक सूचना नै प्रकाशित गरेर आगामी ३० दिन भित्र बक्यौता तिर्न भनेको हो । प्राधिकरणका अनुसार ११ वटा कम्पनीहरुबाट ९ करोड ६८ लाख ७४ हजार रुपैयाँ बक्यौता उठ्न बाँकी छ । तर ती सबै कम्पनीले हाल सेवा भने दिईरहेका छैनन् ।

प्राधिकरणका अनुसार नेकोन एयर, शिवानी एयर, अल्पाईन एयर, गोरखा एयर, कर्णाली एयर, माउण्टेन एयर, कस्मिक एयर, साँग्रिला एयर, स्काईलाईन एयर, एयर काष्टमण्डप र नेपाल एयरवेजले बक्यौता तिरेका छैनन् ।
नेकोन एयरले ४ करोड ७० लाख ६० हजार, शिवानीले ५५ लाख ५१ हजार, अल्पाईनले ७२ हजार, गोरखा एयरले २० लाख ३५ हजार, कर्णाली एयरले १७ लाख ४६ हजार, माउण्टेन एयरले १२ लाख ७३ हजार, कस्मिक एयरले ३ करोड ४७ लाख ५८ हजार, साँग्रिलाले १५ लाख ३७ हजार, स्काईलाईन एयरवेजले १५ लाख ५० हजार, एयर काष्टमण्डपले ७ लाख ३८ हजार तथा नेपाल एयरवेजले ५ लाख ५० हजार रुपैयाँ बक्यौता तिरेका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*