भारतपछि चीनले पाँच लाख डोज कोरोना खोप अनुदानमा दिँदै

संवाददाता
माघ २४, २०७७

काठमाडौं । चीनले नेपाललाई पाँच लाख डोज कोरोना खोप उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र चिनियाँ विदेश मन्त्रीबीच भएको टेलिफोन वार्तामा चिनियाँ विदेश मन्त्रीले नेपाललाई पाँच लाख डोज कोरोना खोप उपलब्ध गराउने सहमति बनेको हो ।

चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाललाई पाँच लाख डोज कोरोना खोप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ । सो खोप अनुदानमा उपलब्ध हुनेछ र त्यसको आवश्यक प्रक्रिया नेपालले अघि बढाईसकेको छ । भारतले उपलब्ध गराएको १० लाख डोज कोरोना खोप यतिबेला धमाधम लगाइँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*