फिफा विश्वकप फुटबलको महाकुम्भ आजदेखि, उद्घाटन खेल कति बेला ?

काठमाडौं । फुटबल विश्वकै सबैभन्दा चर्चित खेल अर्थात् युनिभर्सल गेम (विश्वव्यापी खेल) । विश्वका दुई सय भन्दा बढी देशले फुटबल खेल्ने तथ्यले पनि यो खेलको पपुलारिटी कति छ भन्ने पुष्टि गर्छ ।

फुटबलको लोकप्रियता विश्वभर नै फैलिएको छ । त्यस्तो खेलको विश्वकप हुँदा झन् चर्चा नहुने कुरै भएन । अहिले सबैतिर चर्चा फिफा विश्वकप २०२६ कै छ । त्यही खेलको सबैभन्दा ठूलो विश्वकप आज रातिदेखि उत्तर अमेरिकामा शुरु हुँदैछ ।

मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टाडियो एज्टेकामा घरेलु समर्थकहरुको अगाडि मेक्सिकोले दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्नेछ । यो खेल नेपाली समय अनुसार मध्यराति १२ः४५ बजे शुरु हुनेछ ।

विश्व फुटबलकै सबैभन्दा ठूलो मेला, अझ भनौं विश्व खेलकुदकै ठूलो प्रतियोगिता र धेरैले फलो गर्ने हेर्ने फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता र विश्वभरका अर्बौँ समर्थहरुको भावनासँग जोडिएको फिफा विश्वकपको २३औं संस्करण हो । सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई घरेलु मैदानमा आतिथ्यता गरेपछि फिफा विश्वकप २०२६ को औपचारिक सुरुआत हुनेछ ।

विश्वभरका हजारौं खेलाडी अहिले विश्वकपका लागि अमेरिका, मेक्सिको र क्यानडामा जम्मा भइरहेका छन् । त्यसका लागि लाखौं दर्शक प्रत्यक्ष रुपमा खेल हेर्न तयार छन् भने करोडौं दर्शक विभिन्न माध्यमबाट प्रत्यक्ष फुटबलको मज्जा लिनका लागि तयार छन् ।

र ४८ टिम फिफा विश्वकपको ट्रफी जित्ने एउटै सपना बोकेर यो फुटबल महाकुम्भका लागि तयार भएका छन् । फिफा विश्वकप २०२६ विश्वकपको अर्को संस्करण मात्र होइन । यो फुटबल इतिहासमै सबैभन्दा ठूलो र भव्य विश्वकप समेत बन्दैछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.