पुसको तुलनामा माघमा बढ्यो मूल्यवृद्धि

काठमाडौं । पुसको तुलनामा माघमा मूल्यवृद्धि बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको वित्तीय विवरणअनुसार माघमा उपभोक्ता मूल्यवृद्धि ३ दशमलव २५ प्रतिशत रहेको छ ।

पुसमा २ दशमलव ४२ प्रतिशत मात्रै थियो । अघिल्लो वर्षको माघको तुलनामा भने यो माघको मूल्यवृद्धि न्यून हो । अघिल्लो वर्षको माघमा उपभोक्ता मूल्यवृद्धि ४ दशमलव १६ प्रतिशत थियो । यो माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि २ दशमलव ५०, गैर–खाद्य तथा सेवा समूहको ३ दशमलव ६६ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२–८३ को सात महिनाको औसत मूल्यवृद्धि जम्मा १ दशमलव ९२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मूल्यवृद्धि ४ दशमलव ८६ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सबैभन्दा धेरै ११ दशमलव ६३ प्रतिशत बढेको छ । घ्यू तथा तेलको ७ दशमलव ६१ प्रतिशत र फलफूलको ७ दशमलव ४१ प्रतिशतले बढेको छ ।

दाल तथा गेडागुडी उप– समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५ दशमलव १९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको २ दशमलव ९७ र मरमसलाको २ दशमलव ६१ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.