७ महिनामा ४३ करोडको कोदो आयात

काठमाडौं । नेपालमा कोदो आयात गत वर्षको तुलनामा घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२र८३ को सात महिनामा करिब ४३ करोड रुपैयाँ बराबरको कोदो आयात भएको छ, जुन गत वर्ष सोही अवधिको तुलनामा करिब ९ करोडले कम हो ।

चालु आव साउनदेखि माघ मसान्तसम्म कुल ४२ करोड ९७ लाख १४ हजार रुपैयाँको ८ हजार ५ सय ६४ टन कोदो आयात भएको छ । यसमध्ये खानका लागि प्रयोग हुने अन्य कोदो ४२ करोड ९३ लाख १५ हजार रुपैयाँको ८ हजार ५ सय ५८ टन आयात भएको छ ।

यस्तै कोदोको बिउ ३ लाख ९९ हजार बराबरको ६ टन भित्रिएको छ । चालु वर्ष सात महिनामा कोदो आयातबाट सरकारले कुल २ करोड १५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

गत आव २०८१र८२ सोही अवधिमा भने ५२ करोड ५ लाख २२ हजार बराबरको १० हजार ३ सय ९९ टन कोदो आयात भएको थियो । गत वर्षको तथ्यांक अनुसार ५२ करोड ३ लाखको अन्य कोदो र २ लाख २३ हजारको ४ टन बिउ कोदो आयात भएको थियो ।

त्यस अवधिमा कोदो आयातबाट ३ करोड ९० लाख ९२ हजार बराबर राजस्व संकलन भएको थियो । गत आव सात महिनाको तुलनामा यस वर्ष कोदो आयात रकम, परिमाण र त्यसबाट संकलन हुने राजस्व तीन वटै घटेको देखिन्छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.