मतदानका दिन सवारी पासको दुरुपयोग नगर्न निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले सवारी पासको दुरुपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्ति ओसारपसार नगरी दिन आग्रह गरेको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गरेर यस्तो अनुरोध गरेको हो ।

‘निर्वाचनको समयमा सवारी आवागमन सहजीकरणको गर्ने प्रयोजनका लागि सवारी पास आवश्यक नपर्ने गरी आवश्यक व्यवस्था मिलाउन यस पूर्व गरिएका सिफारिसहरू र यो सिफारिसबमोजिम सवारी पास आवश्यक नपर्ने गरी छुट पाएका सवारीसाधनले सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिहरू ओसारपसार नगर्नुहुन सम्बन्धित सबैलाई अनुरोध छ,’ आयोगले भनेको छ ।

यस्तै आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जारी गरिएको निषेधित क्षेत्र प्रवेश पास प्राप्त गरेका व्यक्तिलाई घरदेखि कार्यालय तथा कार्यालयदेखि घरसम्म जान–आउन पास आवश्यक नपर्ने व्यवस्था मिलाउन समेत सम्बन्धित निकायमा आग्रह गरेको छ ।

आयोगले नियम विपरीत गरेको पाइए स्थानीय प्रशासनले त्यस्ता सवारीसाधनको सञ्चालनमा रोक लगाउन सक्ने पनि जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.