डीएसपी सुवास भट्ट बागमती प्रदेश सर्वोत्कृष्ट प्रहरी घोषित

हेटौंडा । प्रहरी नायब उपरीक्षक ९डीएसपी० सुवास भट्ट सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित भएका छन् ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका कार्यालय प्रमुख समेत रहेका भट्ट बागमती प्रदेशको माघ महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित भएका हुन् ।

बाग्मती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक दिपक रेग्मीले भट्टलाई उत्कृष्ट भएको प्रशंसापत्र प्रदान गरेका छन् ।

अपराध अनुसन्धान र प्रहरी कारबाहीमा उनले प्रभावकारी भूमिका निर्वाह गर्दै आएका छन् । गोरखाका भट्टले २०७० देखि प्रहरी निरीक्षकका रुपमा नेपाल प्रहरीको सेवा सुरु गरेका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.