यी हुन् ‘‘भ्वाइस अफ नेपाल’ का ४ जना फाइनलिस्ट

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ को सातौं सिजनले ४ जना फाइनलिस्ट प्राप्त गरेको छ । रोचक के छ भने, ३ जना फाइनलिस्ट महिला छन् ।

भ्वाइसको नेपाली इतिहासमा पहिलोपटक सबैभन्दा धेरै महिला प्रतिस्पर्धी फिनालेमा पुगेका हुन् । शुक्रबार र शनिबार प्रसारित एपिसोडबाट भ्वाइसले ती फाइनलिस्ट प्राप्त गरेको हो ।

टिम प्रमोद खरेलबाट पुनम गुरुङ, टिम मेलिना राईबाट सञ्जिता दूरा, टिम खेम सेन्चुरीबाट सागर संसार राई र टिम राजु लामाबाट नीताकुमारी थापा फिनालेमा प्रवेश गरेका छन् ।

आगामी शनिबार प्रसारण हुने फिनालेमा यी मध्ये कुनै एकले उपाधि जित्नेछन् । यदि महिलाले जितेको खण्डमा भ्वाइस जित्ने पहिलो महिलाको रुपमा इतिहास रचिनेछ ।

‘द भ्वाइस अफ नेपाल’ हरेक शुक्रबार र शनिबार राती ८ बजेदेखि हिमालय टिभी र ८ः३० बजेदेखि युट्युबमा स्ट्रिमिङ हुँदै आएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.