यी हुन् बन्द सूचीमा परेका नेकपाका समानुपातिक उम्मेदवार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूचीमा  संघ र प्रदेशमा यसअघि सांसद भइसकेकालाई समानुपातिक सूचीमा नसमेटी नयाँलाई प्राथमिकता दिएको छ ।

पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीअनुसार खस आर्य (महिला), आदिवासी जनजाति, मधेशी, दलित, थारु र मुस्लिम समुदायका गरी विभिन्न समूहबाट उम्मेदवार चयन गरिएको छ । खस आर्य (महिला) समूहमा करुणा बस्नेत, उमा अधिकारी, सीता दाहाल, पञ्चा सिंह, निशा न्यौपाने, कमला नहर्की, गंगा खड्का बोगटी, निर्मला साउद, दिलकुमारी पन्त, मञ्जु कोइराला, उषाकुमारी पोख्रेल, भगवती नेपाल, इन्दिरा ढुंगाना, जयानन्द कार्की रावल, ज्ञानु आचार्य, यमुना गुरागाईं, सावित्री पोखरेललगायत समावेश छन् । खस आर्य (पुरुष) तर्फ प्रमेशकुमार हमाल, महेन्द्रबहादुर कार्की, प्रेम बयक, नहेन्द्र खड्का, जितेन्द्र दाहाल, सुजाता काफ्ले,डम्बरबहादुर क्षेत्री, विनोद कटुवाल, राममणी पोख्रेल, तीर्थबहादुर बुढा, विष्णु लम्साल, भीमबहादुर भण्डारी, कृष्णबहादुर बुढा, गोविन्दराज पौडेल र विष्णुप्रसाद खनाल रहेका छन् ।

आदिवासी जनजाति समूहबाट दिपक जंगम, भिमकुमारी बुढा, सोमती गुरुङ, सर्मिली लामा, ममता राजवंशी, अञ्जिता श्रेष्ठ, विष्णुकुमारी थापामगर, मेनुका थुलुङ, सुनिता बुढामगर, निर्मला श्रेष्ठ, रामदेवी तामाङ, सुनिता घले, सीता श्रेष्ठ, सोनम लामा शाक्य, नलिनी सिं, सविता तामाङ, जमुना गइजु, कल्पना लिम्बु, परशुराम तामाङ, दिलिप प्रजापती, झक्कुप्रसाद घर्ती, कृष्णकुमार राई, बेखानसिंह तमु, पासाङ शेर्पा, भरतकुमार श्रेष्ठ, वीरबहादुर बुढाथोकी, दंगध्वज खोयाहाङ, शेरबहादुर तामाङ, मंगलसिंह प्रजा, जेतबहादुर पुन, रुकुम पाख्रिन, रहलसिंह तामाङ र डा. पुष्पराज कर्णिकार रहेका छन् ।

मधेशी समूहबाट तारा महतो, रामसखी देवी, सुनितादेवी यादव, पुर्णा बुढा झा, जयरानी सहनी, पुनम जैसवाल, संगीतादेवी यादव, सुधा सिं, कल्पनाकुमारी यादव, जगिकुमार बरबरिया यादव, सुरेन्द्रकुमार जयसवाल, घनश्यामप्रसाद रजक, किसुन मण्डल, श्रीप्रसाद साह, कमलराय यादव, छेदी रजक, अभिमन्यु यादव र अरविन्द दासलाई समेटिएको छ । दलित समूहमा गीता गहतराज, पार्वती विक, विनिता विक, रेखा राम, शारदा दमै, तारा विश्वकर्मा, सुमरियादेवी पासवान, कमला ज्ञवाली सिर्पाइली, गणेशबहादुर विश्वकर्मा, डा. मित्र परियार, शरद रसाईली, शंकर दुलाल, ठाकुरकुमार विक,कृष्ण नेपाली र गोपाल परियार रहेका छन् ।

यसैगरी थारु समूहबाट निशा चौधरी, अञ्जु दहित, सस्मति चौधरी, उषाकुमारी चौधरी, भवनकुमार थारु, रामअवतार थारु र लक्षबहादुर चौधरी तथा मुस्लिम समूहबाट सकिना मुस्लिम (केसर जहाँ), जरिना बेगम, जार्मिया खातुन, कमरुल नशा र ताज मोहम्मद मियाँलाई उम्मेदवार बनाइएको छ ।

नेपालमा गत भदौमा भएको जेन-जी आन्दोलनबाट प्राप्त म्याण्डेटअनुसार आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार दर्ता भएका एक सय दलमध्ये सोमबार र मंगलबार गरी जम्मा ६४ दलले मात्र समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाएका छन् । ती दलबाट कुल तीन हजार ४२४ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार दलहरूले एकल चुनाव चिह्नमा निर्वाचन लड्ने भएका छन् । ६४ वटा दल ५८ वटा चुनाव चिह्नबाट प्रतिस्पर्धामा उत्रनेछन् । तीमध्ये ५४ दलले आ-आफ्नै चुनाव चिह्न प्रयोग गर्नेछन् भने १० वटा दलले चारवटा चुनाव चिह्नमा निर्वाचन लड्नेछन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.