मकवानपुरमा विद्यार्थी भर्ना अभियान स्थगित

संवाददाता
बैशाख ४, २०८२

हेटौंडा । मकवानपुरका सामुदायिक विद्यालयले वैशाख २ गतेदेखि गर्ने भनिएको विद्यार्थी भर्ना अभियान स्थगित गरिएको छ । शिक्षक आन्दोलनका कारण वैशाख २ गतेदेखि जिल्लाका सामुदायिक विद्यालयमा गर्ने भनिएको विद्यार्थी भर्ना अभियान सुरु हुनु सकेको छैन ।

विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएपछि विद्यालयमा भर्ना अभियानलगायतका कार्यक्रम प्रभावित बनेको छ ।

नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश हुमागाईले सरकारले विद्यालय शिक्षा ऐनलगायतका मागहरु लामो समयदेखि पूरा नगरेकोले शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा जुटेकोले विद्यालय भर्ना अभियान प्रभावित बनेको बताएका छन् ।

सरकारले सुनुवाई नगरे पछि अहिले काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भएकोले विद्यालय भर्ना लगायतका शैक्षिक गतिविधि ठप्प भएको उनको भनाई छ ।

‘विद्यालय शिक्षा ऐन मागगरेर सरकारसँग तीनपटक सम्झौता भए, गत माघ २० गतेबाट पालिकास्तर हुँदै काठमाडौँसम्म आएका छौ’ अध्यक्ष हुमागाईले भने, ‘शालिनतापूर्वक लाखौ शिक्षक आन्दोलनमा सहभागी हुँदा समेत सरकारले सुनुवाई गरेन अहिले विद्यालय भर्ना अभियान सञ्चालन गर्नुपर्ने समयमा सरकारकै कारण विद्यालय भर्ना अभियानलगायत सामुदायिक विद्यालयको शैक्षिक गतिविधि ठप्प बनेको छ ।’

अध्यक्ष हुमागाईले गत चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको नेतृत्वमा राजधानी केन्द्रित शैक्षिक आन्दोलन र २५ गतेबाट अनिश्चितकालीन शैक्षिक आमहड्ताल चलिरहेकोले मंगलबारदेखि सुरु हुने भनिएको भर्ना अभियान स्थगित भएको बताए । शिक्षकका माग पूरा नभएसम्मका लागिविद्यार्थी भर्ना अभियान लगायतका सम्पूर्ण शैक्षिक कार्यक्रम नहुने उनको भनाई छ ।

संसदमा विचाराधीन रहेको विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक, २०८० विधेयकमा शिक्षणक्षेत्रमारहेका विद्यमान समस्या समाधानको स्पष्ट व्यवस्था नगरिएको शिक्षकतथा विद्यालयका कर्मचारीको वृत्तिविकासलाई वेवास्ता गरिएको, ट्रेड युनियन अधिकार कटौती गरिएको भन्दै आफ्ना माग सम्बोधन गरी यथाशीघ्र शिक्षा सम्बन्धी ऐन जारी गर्न दवाव दिन शिक्षक महासंघको आह्वानमा आन्दोलन जारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*