प्रदेशको ८४८ माविमा विद्यालय नर्स, ३३ गापा र एक नपा रित्तै

हेटौंडा । बागमती प्रदेशको ८ सय भन्दा बढी माध्यमिक विद्यालयमा नर्सिङ सेवाको पहुँच पुगेको बताइएको छ । विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका साथै स्वास्थ्य सजगता अपनाउन उत्प्रेरित गर्दै स्वास्थ्य, सरसफाइ र पोषण प्रवद्र्धन गर्न विद्यालयमा नर्स राखिएको हो ।
प्रदेशको ८ सय ४८ माध्यमिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लाका १ सय १९ वटै पालिकालाई विद्यालय नर्स कार्यक्रमले समेट्ने प्रयास गरेको छ । सहरी क्षेत्रदेखि ग्रामीण भेगका माध्यमिक विद्यालयमा करार सेवामा नर्स नियुक्त गरी खटाइएको मन्त्रालयले जनाएको छ ।
किशोर–किशोरीको यौन तथा प्रजननस्वास्थ्य सुधारलाई मध्येनजर गर्दै तत्कालीन सरकारले २०७५ बाट ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । पहिलोचरणमा छनोट गरिएका १३ जिल्लाका २० विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारको तत्कालीन सामाजिक विकास मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ जारी गरेको थियो ।
तत्कालीन समयमा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री युवराज दुलाल ‘शरद’ले यो कार्यक्रमलाई प्रदेश सरकारको प्रमुख कार्यक्रमको रुपमा अघि सारेका थिए । नागरिकमा सकारात्मक र प्रभावकारी नतिजा प्रदान गर्ने उद्देश्यअनुसार कार्यक्रम अघि बढाइएको थियो ।
प्रदेशको विकट तथा दुर्गम क्षेत्रका विद्यालयमा नर्सको पद रिक्त रहेका छन् । प्रदेशको ६१ विद्यालयमा नर्सहरुले विभिन्न कारणले जागिर छाडेका छन् । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका अनुसार गत पुससम्म १०० को संख्यामा नर्सहरु रिक्त रहेको भएपनि हाल ६१ विद्यालयमा मात्र नर्स रिक्त रहेकोे छ ।
रिक्त रहेका विद्यालयमा निर्देशनालयमार्फत प्रक्रियागतरुपमा छनोट गरी नर्सहरुलाई नियुक्ति दिने काम भइरहेको निर्देशनालयका निर्देशक नरेन्द्र झाले जानकारी दिए । तथ्यांक अनुसार ३३ गाउँपालिका र एक नगरपालिकाका विद्यालयमा नर्स छैनन् ।
काभ्रेको २, सिन्धुपाल्चोकको ६, दोलखा ६, रसुवाको ३, धादिङको ६, रामेछापको ५, ललितपुरको १, नुवाकोटको ४ गाउँपालिकामा नर्स छैनन् भने नुवाकोटको एक नगरपालिकामा पनि नर्स रिक्त रहेको छ । काभ्रेको चौरीदेउराली गाउँपालिका र तेमाल गाउँपालिकाको ८ विद्यालयमा नर्सको दरबन्दी रिक्त रहेको हो ।
चौरीदेउराली गाउँपालिकाको खाँडादेवी मावि, प्रभा माध्यमिक विद्यालय, कात्तिके देउराली, भूमेस्थान माध्यमिक विद्यालय, बुद्ध हिमालयन माध्यमिक विद्यालय र तेमाल गाउँपालिकाको भूमे माध्यमिक विद्यालय, पन्चकन्या माध्यमिक विद्यालय, धार्ने ज्योति माध्यमिक विद्यालय, शारदा माध्यमिक विद्यालयमा नर्स रिक्त रहेका छन् । दोलखामा ६ स्थानीय तहका विद्यालयमा नर्स छैनन् ।
दोलखाको कालिञ्चोक गाउँपालिकाको बालउदय माध्यमिक विद्यालय, जल्पाश्वरी माध्यमिक विद्यालय, निकोभूमे माध्यमिक विद्यालय, गौरीशंकर गाउँपालिकाको हिमावर्ती माध्यमिक विद्यालय, तामाकोशी गाउँपालिकाको अमर मावि, विगु गाउँपालिकाको गौरीशंकर माध्यमिक विद्यालय, थाम्पु माध्यमिक विद्यालय, हिमालय माध्यमिक विद्यालय चिलंखा, शान्तिआर्दश माध्यमिक विद्यालय, लादुक बैतेश्वर गाउँपालिकाको जनज्योति माध्यमिक विद्यालय, मेलुङ गाउँपालिकाको डाँडाखर्क माध्यमिक विद्यालय, भीम माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालयमा नर्स पद रिक्त रहेको छ ।
धादिङको ६ स्थानीय तह खानियाबस गाउँपालिका शिङगालादेवी माध्यमिक विद्यालय, गणेशकुण्ड माध्यमिक विद्यालय, झर्लाङ माध्यमिक विद्यालय, गंगाजमुना गाउँपालिका महालक्ष्मी माध्यमिक विद्यालय सानो बसेरी, गजुरी गाउँपालिकाको डोलभन्ज्याङ माध्यमिक विद्यालय, ज्वालामुखी गाउँपालिकाको समिभन्ज्याङ माध्यमिक विद्यालय, बराहकालिका माध्यमिक विद्याल, त्रिपुरासुन्दरी गाउँपालिकाको त्रिपुरासुन्दरी मा.वि., नेत्रावती डबजोङ गाउँपालिकाको कुण्डलादेवी मा.वि.मा नर्स रिक्त छ ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको गोल्फु भञ्ज्याङ माध्यमिक विद्यालय, बेलकोटगढी नगरपालिकाको वीरेन्द्र माध्यमिक विद्यालय, तादी गाउँपालिकाको सुन्दरा माध्यमिक विद्यालय, सातबिसे, लिखु गाउँपालिकाको महेन्द्र महेशदेव माध्यमिक विद्यालय, म्यागङ गाउँपालिकाको किम्ताङ माध्यमिक विद्यालयमा नर्स छैनन् । रसुवाको उत्तरगया गाउँपालिकाको नवविजय महेन्द्र माध्यमिक विद्यालय, गोसाईकुण्ड गाउँपालिकाको कोमिन श्यामेयोङफेल माध्यमिक विद्यालय, नौकुण्ड गाउँपालिकाको गौतमबुद्ध माध्यमिक विद्यालयमा नर्सको दरबन्दी रिक्त छ ।
रामेछापको गोकुलगंगा गाउँपालिकाको कमलादेवी माध्यमिक विद्यालय, गोकुलगंगा माध्यमिक विद्यालय, दोरम्बा गाउँपालिकाको काकलिंग माध्यमिक विद्यालय, सुर्केदेउराली माध्यमिक विद्यालय, सुनापति गाउँपालिकाको अग्लेश्वर माध्यमिक विद्यालय, शतलिङेश्वर माध्यमिक विद्यालय, खाँडादेवी गाउँपालिकाको श्री माध्यमिक विद्यालय राताथुम, भिमेश्वर प्रसुन कंडेल माध्यमिक विद्यालय, विष्णुज्योति माध्यमिक विद्यालय, खाँडादेवी माध्यमिक विद्यालयमा नर्स छैनन् ।
ललितपुरको बागमती गाउँपालिकाको शारदा शिक्षासदन मा.वि., सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको कालि देवी मा.वि., रामेश्वर मा.वि., भीमसेन मा.वि., पाँचपोखरी थाङपाल गाउँपालिकाको क्षेत्रपलेशवरी मा.वि., लांगर्चे मा.वि., थाङपालधाप मा.वि., भोटेकोशी गाउँपालिकाको झिर्पु मा.वि., बाह्रबिसे नगरपालिकाको क्षमावती मा.वि., हेलम्बु गाउँपालिकाको पाल्चोक मा.वि., लिसंखुपाखर गाउँपालिकाको सम्पदा मा.वि. जेठाल, निगाले मा.वि., धर्मोदय मा.वि. ठुलो धादिङमा नर्स पद रहेपनि नर्स छैनन् ।