मकवानपुरे पत्रकार चिमरिया काठमाडौंमा सम्मानित

हेटौंडा । मकवानपुरे पत्रकार अमृत चिमरिया काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रममा नर्सरी व्यवसायी संघ नेपालबाट सम्मानित भएका छन् ।
चिमरिया काठमाडौंमै रहेर देशकै एक नम्बर न्युज पोर्टल अनलाइनखबरमा कार्यरत् छन । काठमाडौंमो भृकुटीमण्डप बिहीवारबाट सुरु दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८१ को अवसरमा चिमरियालाई कृषि क्षेत्र र कृषि उद्यमीको विषयमा राष्ट्रिय रुपमा आवाज उठाएको भन्दै नगदसहित सम्मान प्रदान गरिएको हो ।
बागमती प्रदशेका कृषि तथा पशुपन्छि विकास मन्त्री प्रकाश श्रेष्ठ र संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले उनलाई सम्मान पत्र प्रदान गरेका थिए । चिमरियाले अनलाइनखबरका लागि कृषि तथा आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका छन् ।