दशैं मनाउन भीमफेदी कारागारलाई कैलाशको खसी र खाद्यान्न

संवाददाता
अशोज २२, २०८१

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले विजयादशमीको उपलक्ष्यमा मकवानपुरको भीमफेदीस्थित कारागारका कैदीबन्दीहरुलाई खसी र खाद्यान्न उपलब्ध गराएको छ ।

पालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, वडा नम्वर १ का वडाध्यक्ष तेजबहादुर ब्लोन, वडा नम्वर ७ का वडाध्यक्ष उदास कुमार भोलन, लेखा अधिकृत नवीन धितालले मंगलबार कारागार भीमफेदी पुगेर कैदीबन्दीहरुलाई दसैँ मनाउन दुई वटा खसी, ६ बोरा चिउरा र २ कार्टुन तेल हस्तान्तरण गर्नुभएको हो ।

अध्यक्ष मुक्तानले कारागारमा रहे पनि नेपालीहरुको ठुलो पर्व दसैँमा शुभकामना आदानप्रदानसँगै भ्रातृत्वको सम्बन्ध स्थापित गर्न खसी र खाद्यान्न उपलब्ध गराइएको बताउनुभयो ।

सो अवसरमा कारागार पुगेको जनप्रतिनिधि र कर्मचारीको टोलीले कैलाश गाउँपालिका घर भएका कारागारमा रहेका कैदीबन्दीसँग शुभकामना आदानप्रदान गरेका थिए ।

दुई वटा पुरुष ब्लक र एउटा महिला ब्लक रहेको कारागारमा एक हजार ४४ पुरुष, ४८ महिला कैदीबन्दी र एक जना आश्रित नाबालक छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*