हेटौंडामा दिगो वन व्यवस्थापन सम्बन्धी तालिम

संवाददाता
असार १९, २०८१

हेटौंडा ।  डिभिजन वन कार्यालय, मकवानपुरको आयोजनामा मङ्गलवारदेखि ३ दिने दिगो वन व्यवस्थापन सम्बन्धी तालिम हेटौँडामा शुरु भएको छ ।

वनको दिगो व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिन तालिमको आयोजना गरिएको कार्यालयले जनाएको छ । तालिमको माध्यमबाट सामुदायिक वनले वनको दिगो व्यवस्थापन गरि उपभोक्ताको माग, वनको उत्पादकत्व र वातावरणको सन्तुलन मिलाउन गर्नु पर्ने विभिन्न कामहरूलाई व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको वन अधिकृत दीपक अधिकारीले बताए ।

तालिममा शिव सापकोटा, राकेश प्रसाद चन्द्रवंशी, दीपक अधिकारी र विशाल भट्टराईले सहजिकरणको भूमिका निर्वाह गरेका थिए । तालिम समयसापेक्ष रहेको र समूहले पनि दिगो वन व्यवस्थापनमा आधारित भएर कार्ययोजना बनाउदै गरेको तालिममा सहभागी रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए ।

तालिममा विभिन्न सामुदायिक वनका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्य, कर्मचारी समेत गरि ३५ जनाको सहभागिता रहेको छ । तालिम असार २० गते समापन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*