पाँच जना ‘थाहापदक’बाट विभुषित

संवाददाता
जेष्ठ १०, २०८१

हेटौंडा । थाहा नगरपालिकाले आफ्नो १० औं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका तीन विधामा ५ जनालाई ‘थाहापदक’बाट विभुषित गरेको छ ।

९ जेठमा पालुङ जेसीज सभाहलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा भिन्दाभिन्दै क्षेत्रमा योगदान दिएको मूल्यांकनसहित नगरपालिकाले पदकबाट सम्मानसहित विभुषित गरेको हो । ‘थाहा सेवापदक’बाट थाहा नगरपालिकाका प्रथम नगरप्रमुख लवशेर विष्ट र प्रथम नगरउपप्रमुख खड्ग गोपालीलाई पदकसहित विभुषण गरिएको छ ।

नगरपालिकाको विकास र सम्वृद्धिका लागि योगदान पु¥याएको मूल्यांकनसहित नगरप्रमुख विष्णुबहादुर विष्टले दुवैजनालाई चाँदीको पदक र विभुषण प्रदान गरिएको हो । कार्यक्रममा थाहा ‘आर्थिक समृद्धि पदक’बाट पर्यटन व्यवसायी अर्जुनसिंह ठकुरी र किसान श्याम विष्ट विभुषित भएका छन् । आफ्नै ठाउँमा रहेर पर्यटन र कृषिक्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको मूल्यांकनसहित ठकुरी र विष्टलाई नगरपालिकाले पदकसहित सम्मान गरेको हो ।

‘थाहा संस्कृति तारापदक’ बाट थाहा नगरपालिका–६ बज्रवाराहीका अजिमा मन्दिरका मुलपूजारी टीकालाल कर्माचार्य विभुषित भएका छन् । परम्परागत संस्कृति संरक्षणमा योगदान पु¥याएवापत उनलाई सम्मान गरिएको हो । वि.सं. २०७१ साल वैशाख २५ गते साविक दामन, पालुङ, आग्रा, टिष्टुङ, बज्रबराही र चित्लाङलाई समेटेर सरकारले थाहा नगरपालिका घोषणा गरेको थियो ।

वि.सं.२०७१ जेठ ९ गते नगरपालिकाको कार्यालय स्थापना गरेर काम थालनी गरिएको थियो । २०७८ को जनगणना अनुसार नगरपालिकामा ३८ हजार ८ सय ७० जनसंख्या रहेको छ ।

यसअघि नगरपालिकाको स्थापना दिवसको उद्घाटन कार्यक्रम ९ जेठ विहान थाहा–४ क्याम्पाडाँडामा गरिएको थियो । पाँचौं उपप्रमुख ब्याडमिन्टन प्रतियोगिता र स्थापना दिवस समारोहको संयुक्त उद्घाटन गरिएको हो ।

कार्यक्रममा नगरप्रमुख विष्ट, उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, नेकपा एमाले थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधान, नेकपा माओवादी केन्द्र थाहाका अध्यक्ष बिनोद लामा, राष्ट्रिय स्वतन्त्र पार्टीका थाहानगर सभापति जयराम खत्री, राप्रपा थाहाका अध्यक्ष कुलमान तामाङ, वडाध्यक्षलगायत विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरु उपस्थित थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*