११ वर्षमा मानवसेवा आश्रमको आफ्नै भवन, प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन

संवाददाता
पुस १, २०८०

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौंडास्थित मानवसेवा आश्रम ९मानवता प्रवद्र्धन महाअभियान० को मुख्य कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

करिव १० वर्ष भाडाको घरमा विताएको मावनसेवा आश्रमले हाल हेटौंडाको लामसुरेधापमा निर्माण गरिएको भवन शनिबार प्रधानमन्त्री प्रचण्डले भवनको उद्घाटन गरेका हुन् । प्रचण्डले भवनभित्र र बाहिर अवलोकन समेत गरेका थिए ।

करिव १४ करोड रुपैयाँको लागतमा बनेको आश्रमको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड ७ वटै प्रदेशका लागि सडकमानव उद्दार गर्न सवारीसाधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले आश्रममा आश्रित नागरिकलाई प्रतिब्यक्ति प्रतिमहिना १० हजार रुपैयाँका दरले राज्यले उपलब्ध गराउनको लागि ब्यबस्थापनको जिम्मेवारी लिने बताए ।

मानवता प्रबद्र्धनको पुण्य अभियानका लागि काम गर्ने संस्थाको कार्यक्रम भएकोले पनि आफू उपस्थित भएको प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमन्त्री प्रचण्डले कठोर संघर्षपछि नागरिकको प्रत्यक्ष सहभागितामा निर्माण नेपालको संविधानले आमनेपाली जनतालाई सार्वभौम बनाएको बताउँदै शिक्षा, स्वास्थ्य रोजगारलाई मौलिक हकको रुपमा राखिएको बताए ।

संविधानप्रदत्त अधिकार कार्यान्वयन हुने क्रममा नै रहेको अबस्थामा संविधानले दिएको काम मानवसेवा आश्रमले गरिहेको भन्दै सरकारले मानवसेवा आश्रमलाई अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले ब्यक्त गरे ।

आश्रमको कामले राज्यलाई पनि झक्झकाउँदै तर· प्रदान गरेको उनको भनाई छ । प्रधानमन्त्री प्रचण्डले आश्रमबाट भएको कामलाई बिस्तार गर्न सातवटै प्रदेशमा भवन निर्माण, उद्दारको लागि सवारी साधन ब्यवस्थापनलगायत कार्यमा सरकारले सहयोग गर्ने प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले हालसम्म ४ करोड भन्दा धेरै आश्रमलाई सहयोग गरिसकेको बताए । उनले कोही नभएकाहरुको बागमती प्रदेश सरकार अभिभावकत्व लिनका निम्ति सरकारले चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी दिए ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आश्रमलाई ब्यवस्थित ढंगले अगाडि बढाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्तगरिन् । मन्त्री मोक्तानले अभिभावक बिहिनको अभिभावक बनेर मन्त्रालयले काम गरेको जानकारी दिईन् ।

भाडाको घरबाट चल्थ्यो आश्रम

२०६९ साल भाद्र १३ गते हेटौंडा–५ अब्बलडाँडास्थित परिवार बस्न बनाएको घरको दुईतल्ला भाडामा लिई आश्रमले सेवा सुरु गरेको थियो । सहयोगापेक्षी सडकआश्रित मानवको उद्दार संख्या बढ्दै जाँदा सेवाप्रवाहको लागि संरचना अभाव भएर आश्रम अब्बल डाँडाबाट हेटौंडा–२ वनस्खण्डी र त्यसपछि, हेटौंडा–४ कर्रामा भाडाकै घरमा सरेको थियो । भाडाको भवन अपुग भएपछि २०७१ माघ ३ हेटौंडा–९ लामसुरेधापमा संस्थाको भवननिर्माण कार्यको सुरु भएको हो ।

पुरानो थाल, भाँडा र कपडा संकलन गरेर सेवा सुभारम्भ गरेको मानवसेवा आश्रमको खातामा मुस्किलले १ लाख रुपैयाँ थियो । त्यसबखत भवननिर्माण सम्पन्न गर्दा ५ करोड चाहिन्छ भन्ने कुराले मन अतालिएका थिए, आश्रमका समर्पित अभियान्ता र अभिभावकको । आवश्यकता बढ्दै जाँदा अहिले मुख्य भवन सहित १८ ओटा साना ठूलासंरचना निर्माण भएका छन् । झण्डै १४ करोड रुपैयाँको लागतमा सोचे भन्दा पनि तीनगुणा ठूलो विशाल भवण निर्माण सम्पन्न भएको छ ।

आ।व। २०७९÷८० को मसान्तसम्म भवनमा १३ करोड ८१ लाख ६६ हजार ५ सय ८० रुपैयाँ खर्च लागेको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए । अहिले मुख्य भवन सहित १८ ओटा साना ठूला संरचना निर्माण भएको उनले जानकारी दिए । भवन निर्माणका लागि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट तर्फबाट पुरणबहादुर जोशीले २३ लाख ४२ हजार रुपैयाँ, मानवसेवा आश्रमका प्रमुख संरक्षक डा। गोविन्द टण्डनले २० लाख ५० हजार रुपैयाँ योगदान गरेका छन् ।

राउण्टटेवल नेपालको तर्फबाट हालसम्म २० लाख रुपैयाँ सहयोग छ भने १७ जना समाजसेवी व्यक्तिले विभिन्न अवसरमा १ कोठा भवन निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोेग गरेको जनाइएको छ । भवनको पूर्णताका लागि आश्रमले महजात्रा, श्रीमद्भागवत ज्ञानविज्ञानमहायज्ञ र रवीन्द्र मिश्रका कवितावाचनसमारोहको आयोजना गरेको थियो । अधिकांश सहयोग यीनै कार्यक्रमका समयमा प्राप्त भएको आश्रमले जनाएको छ ।

भवन निर्माणका लागि हेटौंडा उपमहानगरपालिको तर्फबाट ४४ लाख ८२ हजार रुपैंया र सामाजिक विकास मन्त्रालयबाट ४० लाख सहित विभिन्न सरकारी निकायबाट १ करोड १७ लाख ७३ हजार रुपैयाँ र निजी क्षेत्रबाट ११ करोड ९१ लख २७ हजार रुपैंया प्राप्त भएको जनाइएको छ । झण्डै १५ हजार बढीले योगदान गरेका छन् ।सबैनिकायका सहयोगका बावजुद पनि भवन निर्माणमा ८६ लाख ६० हजार ५ सय ८७ रुपैयाँ अपुग भएको आश्रमले जनाएको छ ।

आश्रमले देशैभर १९ जिल्लामा भवननिर्माण कार्यकोसुभारम्भ गरिसकेको छ । चितवन, पोखरा, गोरखा र बाग्लुङको निर्माण कार्य यसैवर्ष सकिनेछ । आश्रमले सातवटै प्रदेशमा २४ वटा शाखा विस्तार गरिसकेको छ । सडकआश्रित मानवको उद्दारलाई तीव्र बनाएको आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य लिएको छ ।

आश्रमले हालसम्म ९ हजार ७९ जनाको उद्दार गरेको छ । हेटौंडामा १८ जना बालक ३ जना बालिका सहित २ सय चारजना मुख्यालयको आश्रममा छन् । दीर्घकालीन स्वावलम्बनको सिद्धान्तलाई आत्मसाथ गर्दै गाईपालन गरिएको छ अर्गानिक खेती, आश्रम परिसरमै झण्डै एक हजार बढी फलफूलका विरुवा रोपिएका छन् । फलफूल र दुधमा आत्मनिर्भर बन्दै गइरहेको आश्रम मुख्य सेवाकेन्द्र हेटौंडाले एक दर्जन बढी गाइबस्तुको मलमूत्रलाई खाना पकाउने इन्धनमा रुपान्तरण गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*