मकवानपुरमा डेंगू संक्रमितको संख्या ५६३ पुग्यो
हेटौंडा– पछिल्लो २४ घण्टामा अर्थात सोमबार दिउँसोसम्मको तथ्यांकअनुसार ८ जना नयाँ संक्रमित भेटिएसँगै मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ५६३ पुगेको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार सोमबार हेटौंडा उपमहानगरपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना, मनहरी गाउँपालिकाका २ जना, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकाका १/१ जनामा डेंगू संक्रमण पुष्टि भएको हो ।
हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन । यहाँ ३८६ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
यसैगरी, थाहानगरपालिकाका दुई जना, मकवानपुरगढी गाउँपालिकाका १२ जना, बागमती गाउँपालिकाका २२ जना, मनहरी गाउँपालिकाका ५६ जना, इन्द्रसरोवर गाउँपालिकाका ३ जना, भीमफेदी गाउँपालिकाका १५ जना, बकैया गाउँपालिकाका १८ जना र राक्सिराङ गाउँपालिकामा २ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।