थाहाको बजेट ९८ करोड ८८ लाख

संवाददाता
असार ११, २०८०

हेटौंडा– आर्थिक बर्ष २०८९/०८१ को लागि थाहा नगरपालिकाले ९८ करोड ८८ लाख ४१ हजार ८ सय ७ रुपैयाँको कुल अनुमानित बजेट पेस गरेको छ ।

१३ औं नगरसभामा नगर उपप्रमुख भरत गोपालीले बजेट पेस गर्दै संघीय सरकारबाट प्राप्त समानिकरण अनुदान १२ करोड ४० लाख, समपुरक अनुदान ५० लाख, विशेष अनुदान १ करोड, सशर्त अनुदान ३१ करोड १४ लाख, राजस्व बाडफाड ११ करोड ६२ लाख २ हजार, रोयल्टी २ करोड गरी जम्मा ५८ करोड ८६ लाख २ हजार रहेको बजेट प्रस्तुत गरे ।

प्रदेश सरकारबाट प्राप्त समानिकरण अनुदान १ करोड २६ लाख ८२ हजार, समपुरक अनुदान ४ करोड, बिशेष अनुदान ६० लाख, सशर्त अनुदान ६ करोड २५ लाख ५४ हजार र राजस्व बाँडफाँड ८ करोड ३५ लाख ५३ हजार ८ सय गरी २० करोड ४७ लाख ७९ हजार ८ सय रहेको तथा नगरपालिका आन्तरिक आयतर्फ राजस्व ६ करोड ५४ लाख ५० हजार, मालपोत २ करोड र गत बर्षको नगद मैज्दात ११ करोड गरी १९ करोड ५४ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको बजेट प्रस्तुत गरे ।

साथै आगामी बर्ष ८ करोड ५४ लाख ५० हजार राजस्व उठ्ने अनुमान गरिएको छ । बजेटले कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सामाजिक विकास, सुशासन, उद्यमशीलता र रोजगारी, बिपद व्यवस्थापन र क्षमता विकासलाइ प्राथमिकतामा राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*