हेटौंडा उपमहानगरको एकवर्षः आशालाग्दो कामको सुरुवात
हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले पहिलो पटक नगरको विकासका सन्दर्भमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ । करिब एक वर्षअघि भएको स्थानीय तह निर्वाचनबाट चुनाव जितेर पाँच वर्षका लागि उपमहानगरको नेतृत्व सम्हाल्न आएकी मेयर मीनाकुमारी लामाले केहीदिन अघि सबै क्षेत्रका सरोकारवालासँग उपमहानगरको व्यवस्थित विकासका लागि सुझाव मागेकी हुन् ।
गोष्ठीमा सहभागीले उपमहानगरको व्यवस्थित विकासका लागि पहिला लक्ष्य र गन्तव्य निर्धारण गर्न सुझाव दिएका छन् । उपमहानगरलाई कस्तो बनाउने र विकासको कुन मोडलबाट अगाडि बढ्ने भन्नेमा उपमहानर नेतृत्व पहिला स्पष्ट हुनुपर्ने गोष्ठीमा सहभागीले बताएका छन् ।
हेटौंडालाई औद्योगिक सहर, पर्यटन, शिक्षा, स्वास्थ्य वा अन्य क्षेत्रमध्ये एउटा क्षेत्रलाई प्राथमिकतामा दिएर व्यवस्थित योजना बनाउनु पर्नेमा अधिकांशले जोड दिएका थिए । पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट बिनियोजन गरेर समानुपातिक विकास अवधारणा अपनाउनुपर्ने नागरिकको भनाई छ । नगरप्रमुख लामाले नगरको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताइन् । आफूले पहिलो पटक व्यवस्थित विकासको लागि सुझाव संकलन गर्न खोजेको भन्दै नगरबासीको मुहारमा खुशी ल्याउने गरी काम गर्ने बताएकी छन् ।
हेटौंडाको मुख्य बजार क्षेत्रको सडक दायाँबायाँ २५–२५ मिटर फराकिलो बनाउने विषय सर्वपक्षीय छलफलमा प्रवेश गरेको छ । लामो समयदेखि रोकिएको २५–२५ मिटर सडक विस्तार कार्य गरिछाड्ने हेटौंडाकी नगरप्रमुख लामाको अडानपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बैठक बसेको थियो । उपमहानगरले नगर क्षेत्रका अतिक्रमित संरचना हटाउन सुरु गरेको छ ।
सडक क्षेत्रका बासिन्दासहित स्थानीय जनप्रतिनिधिको सर्वपक्षीय बैठकले सडक विस्तार कार्य निष्कर्षमा नपुगेपछि निरन्तर छलफल जारी राखेर टुंगोमा पु¥याउनेमा सहमति भएको उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडाका वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिएका छन् ।सडक विस्तारको विषय टुंगो लागेको भने छैन । नगरक्षेत्रका प्रभावित बासिन्दा, जनप्रतिनिधिसहित सरोकारवालासँग निरन्तर छलफल गरेर टुंगोमा पु¥याउने सहमति भएको छ । प्रभावित क्षेत्रका बासिन्दाले मुआब्जा दिए २५–२५ मिटर भत्काउन दिने र बिना मुआब्जा १६ मिटर मात्रै विस्तार गर्न दिनेमा अडान राखेका छन् ।
बजार क्षेत्रको अतिक्रमित संरचना हटाइरहेको र निकट भविष्यमै नगरको मुख्य सडक २५–२५ मिटर भत्किने चर्चाले हेटौंडा उपमहानगरपालिका गर्माएको छ । फुटपाथ ओगटेर पसलका सामान राख्ने व्यवसायीदेखि कानुनविपरित फुटपाथ छोपिने गरी टप निकाल्ने घरधनीलाई कानुनी उपचार गर्न उपमहानगरको प्रयास जारी रहेको छ ।
हेटौंडा उपमहानगरपालिकाले नगरको दुई वडामा गार्मेन्ट तालिम सञ्चालन गरेको छ । पहिलो चरणमा बेसिक र दोश्रो चरणमा एड्भान्स तालिम सञ्चालन गर्दै घरमै बसेर रोजगार बन्ने अवसर उपमहानगरले दिन थालेको हो । पहिलो चरणमा हेटौंडा–५ पिप्लेमा सञ्चालन भएको एक महिने बेसिक तालिमको समापनभएको छ ।
रोजगारीको अवसरबाट बिमुख भएका महिलालाई आयआर्जनमा जोड्नका लागि नगरपालिकाले लगानी गरेको नगरप्रमुख लामाले बताइन् । हेटौंडा–१८ मा गार्मेन्ट तालिम सञ्चालनको तयारीमा उपमहानगर रहेको छ । वडाहरुमा तालिम सञ्चालन पछि उपमहानगको लगानीमा गार्मेन्ट उद्योग सञ्चालन गर्ने तायारी गरीरहेको बताइएको छ ।
दैनिक आयआर्जनमा जोडिनका लागि हेटौंडा उपमहानगरपलिकाले दलित समुदायका ९ परिवारलाई सिलाई मेसिन हस्तान्तरण गरेको छ । दलित बर्ग आयआर्जन कार्यक्रम अन्र्तगत हेटौंडा नगरभित्र बसोबास गरेका ६ वटा वडाका ९ जनालाई दैनिक जीवनयापनमा सहयोग पु¥याउनका लागि सिलाई मेसिन हस्तान्तरण गरेको हो । दिगो आयआर्जनमा महिलालाई जोड्नका लागि हेटौंडामा २ महिने ढाका बुनाई तालिम भएको छ ।
हेटौंडा बजारलाई कुरुप बनाउँदै छरिएर रहेका सवारी मर्मत केन्द्र राप्ती नदीउकास जमिनमा सार्ने तयारी थालिएको छ । तयारी अनुसार जमिन सम्याउने काम सकिएको छ । लामो समयदेखि बजार क्षेत्रमा रहेका सवारी मर्मत केन्द्रलाई सार्ने पहल भएपनि जमिन अभाबका कारण काम हुन सकेको थिएन । हेटौंडा उपमहानगरले नदीउकास जमिन अटो भिलेज निर्माणको लागि दिएसँगै कामले गति लिएको छ ।
करिब ३१ बिगाह क्षेत्रफलमा फैलिएको अटो भिलेज निर्माणका लागि जमिन सम्याउने काम सकिएको छ । उपमहानगरले छुट्याएको २५ लाख रुपैयाँमध्ये १४ लाख ६ हजार रुपैयाँमा जमिन सम्याउने काम भएको र बाँकी रकमबाट थप काम अगाडि बढाइने अटो मोबाइल इञ्जिनियरिङ एसोसिएसनका अध्यक्ष आनन्दराम पौडेलले बताए ।
अब विद्युतको सुबिधा हुने बित्तिकै बजारको राममन्दिर क्षेत्रमा रहेका सवारी मर्मत केन्द्र आउने तयारी रहेको छ । अटो भिजेजमा चार्जिङ स्टेशन, थ्रि, फोर ह्वीलर सवारी मर्मत केन्द्र, खेलमैदान, स्वास्थ्यचौकी, हेबी सवारी मर्मत, हेवी इक्वीपमेन्ट मर्मत, पार्किङ र डम्पिङ साईड रहने एसोसिएसनका अध्यक्ष पौडेलले बताएका छन् ।
एसोसिएसनले २०५३ सालदेखि अटोभिलेजको आवाज उठाउँदै नगरपालिकालाई आग्रह गरेको थियो । अटो भिलेजमा २ सय ५० अटो इञ्जिनियरिङ वर्कसपरहने छ भने २ सयको संख्यामा अटो पार्टस्को पसल रहने एसोसिएसनले जनाएको छ ।त्यस्तै हेटौंडा उपमहा नगरपालिकाले मुख्य बजार क्षेत्रको बाहिर देखिएका तारलाई भूमिगत गर्ने तयारी गरेको छ । जथाभावी देखिएका तारका कारण बजार क्षेत्रको शौन्दर्यमा कमि आएको भन्दै उपमहानगरले मुख्य बजार क्षेत्रका तारभूमिगत गर्ने निर्णय गरेको हो । उपमहानगरको २० औं कार्यपालिका बैठकले हेटौंडाको मुख्य बजार क्षेत्रको पोलमा रहेको तारलाई भूमिगत गर्ने निर्णय गरेको हो ।
हेटौंडा उपमहानगरलाई उज्यालो सहरको रुपमा विकास गर्नका लागि नगरका बिभिन्न ठाउँमा ‘हाइ मास्ट लाइट’ राख्ने निर्णय गरेको छ । उपमहानगरका १९ वटै वडालाई लक्षित गर्दै लाईटको व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरणसँग छलफल भैरहेको जनाइएको छ । देशभरका ११ उपमहानगर मध्ये हेटौंडा पेश्की फर्छौटमा अब्बल देखिएको छ ।
महालेखा परीक्षकको कार्यालय काठमाडौंले ६० औं वार्षिक प्रतिवेदनमार्फत् सार्वजनिक गरेको तथ्याङका अनुसार देशभरका अन्य उपमहानगरमध्ये पेश्की रकम फर्छौटमा हेटौंडा सर्वोत्कृष्ट देखिएको हो । महालेखाको प्रतिवेदन अनुसार ११ उपमहानगरमध्ये सवैभन्दा बढी वेरुजु तुलसीपुर ६।६९ प्रतिशत र सबभन्दा कम हेटौंडा उपमहानगरपालिका ०।७७ प्रतिशत रहेको छ ।