उद्यमशीलता प्रदर्शनी र नृत्य प्रतियोगिता गरिँदै

संवाददाता
बैशाख २६, २०८०

हेटौंडा– हेटौंडामा बृहत उद्यमशीलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुने भएको छ । हेटौंडा–४ नम्वर वडा कार्यालयको आयोजना तथा टोल विकास संस्था नगर समन्वय समितिको व्यवस्थापनमा वृहत उद्यमशीलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता हुन लागेको हो ।

बृहत उद्यमशीलता प्रदर्शनी तथा नृत्य प्रतियोगिता आगामी ५ जेठमा आयोजना गरिने सोमबार पत्रकार सम्मेलन गर्दै ४ नम्बर वडाअध्यक्ष नवीन सिग्देलले जानकारी दिए । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने र सांस्कृतिक कार्यक्रमबाट राष्ट्रिय उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको वडाध्यक्ष सिग्देलले बताए ।

प्रदर्शनीमा सहभागीहरुको मूल्यांकनको आधारमा प्रथम हुनेलाई नगद २५ हजार रुपैयाँ, द्वितीय हुनेलाई १५ हजार रुपैयाँ, तृतीय हुनेलाई नगद १० हजार रुपैयाँ र सान्तवना हुने २ वटालाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने भएको छ ।

टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाका सचिव राजेन्द्र चौलागाईको संयोजकत्वमा व्यवस्थापन मुल समिति रहेको छ । यसैगरी नृत्य प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार रुपैयाँ, द्वितीय हुनेलाई नगद ३५ हजार रुपैयाँ, तृतीय हुनेलाई नगद २० हजार रुपैयाँ र सान्त्वना हुनेलाई नगद १० हजार रुपैयाँ २ वटा समूहलाई प्रदान गरिने छ ।

नृत्य प्रतियोगिताको लागि एक वडाको एक टिमको दर्ता शुल्क १ हजार रुपैयाँ तोकिएको छ । नृत्य प्रतियोगिताको व्यवस्थापन समितिको संयोजकमा हरिगोपाल सापकोटा रहेका छन् ।

कार्यक्रमको अबसरमा राष्ट्रिय लोकदोहोरी गायक बद्री पंगेनीको पनि प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा हेटौंडा–४ नम्वर वडा कार्यालयका सचिव टीका कंडेल, टोल विकास नगर समन्वय समिति हेटौंडाका अध्यक्ष ध्रुवप्रसाद अधिकारी, सचव शिवहरि दाहाललगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*