मन्त्री श्रेष्ठको निरन्तर लागावको फलः अब ७० अंक भए सवारीको ट्रायल पास

संवाददाता
फाल्गुन २, २०७९

मकवानपुर– बागमतीका श्रम, रोजगार तथा यातायात मन्त्री एकालला श्रेष्ठले निरन्तर प्रयास गरेर मंगलबारदेखि ७० अंक भए सवारीको ट्रायल पास हुने मापदण्डको सुरुवात भएको छ ।

मन्त्री बनेको छोटो समयमै श्रेष्ठको मिहेनतले लागू भएको नयाँ मापदण्डका कारण सवारी चालक अनुमति पत्र लिनको लागि लिइने प्रयोगात्मक परिक्षामा अनुतिर्ण भएर हैरान भएकाहरुर्ले राहत पाउने भएका छन् ।

मन्त्री भएपछि उनले ७० अंक प्रणाली लागूका लागि निरन्तर काम गरिरहेका थिए । अन्ततः उनको लगावले यातायात क्षेत्रमा एउटा नयाँ प्रणाली स्थापित हुन पुगेको छ ।

प्रयोगात्मक परिक्षामा सतप्रतिशत अंक नआएपछि फेल भएको मानिने यस परिक्षामा अब ७० अंक प्राप्त गर्नेले पनि अनुमति पत्र पाउने छन् ।

बागमती प्रदेशमा आजबाट सवारी चालक अनुमति पत्र (लाईसेन्स) को लागि ७० अंक ल्याएपनि ट्रायल पास हुने मापदण्डको सुरुवात भएको हो । आज बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री एकालला श्रेष्ठले ७० अंक तय गरिएको मापदण्डको शुभारम्भ गरेका छ्न । काठमाडौको गुर्जुधारामा रहेको ट्रायल सेन्टरबाट मन्त्री श्रेष्ठले नयाँ मापदडको सुभारम्भ गरेका छ्न ।

सवारी चालक अनुमति पत्रको लागि उर्तीण हुनक लागि १ सय नम्बरमा १ सय नम्बर नै ल्याउनुपर्ने व्यवस्था अवैज्ञानिक तथा अव्यवहारिक रहेको भन्दै मन्त्रालयले आजबाट यो व्यवस्था लागू गरेको हो ।

कुनैपनि परिक्षामा सत्प्रतिशत अंक ल्याउँदा मात्र उर्तिण हुन पाउने व्यवस्था निकै अव्यवहारिक रहेको र यस्ले समग्र यातायात क्षेत्रलाईनै समस्यामा पार्ने देखिएपछि आफुले मन्त्रालयमा कार्यभार सम्हालेदेखि ७० अंकको विषयलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाएको र सोहि अनुसार मंगलबारबाट यो प्रणालीको सुरुवात गरेको मन्त्री श्रेष्ठको भनाई रहेको छ ।

सानो त्रुटिमा पनि फेल गराउदा लाइसेन्स वितरणमा ढिलाई हुनुको साथै चालकहरुले अवैधानिक रुपमा लाइसेन्स निकाल्ने प्रकरण बढेको देखिएपछि आफुहरुले नयाँ व्यवस्था लागु गरेको मन्त्री श्रेष्ठको भनाई रहेको छ ।

मन्त्री श्रेष्ठले भने ‘अब सानोतिनो गल्ति गर्दैमा सवारी चालक अनुमति पत्रको लागि पुनः ट्रायल दिनुपर्ने समस्याको समाधान भएको छ, यो व्यवस्थाले सवारी चालक अनुमतिपत्रको सन्र्दभमा हुँदै आएका समस्यालाई न्यूनिकरण गर्दै जाने विश्वास लिएको छु ।,’

बागमती प्रदेशमा रहेका ११ वटा यातायात ब्यवस्था कार्यालय मध्य सवारी चालक अनुमती प्रदान गर्ने सम्पूर्ण सेवाकेन्द्रहरुले एकैपटक मंगलबारबाट ७० अंकमा ट्रायल पास हुने व्यवस्था गरेका छन ।

यस्तो छ नयाँ व्यवस्था

ट्रायल पास हुन ७० अंक ल्याए पुग्ने प्रणाली लागू भए मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार एक सय तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ ।

बागमती प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेडचालकका लागि घुमाउरो ८ ९एट० आकार को अंकभार २० तोकिएको छ । दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येकपटक पाँच अंकका दरले १० अंकभार घट्नेछ, तर पनि ट्रायल भने फेल भइँदैन ।

यस्तै, दुईपटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुइँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था छ ।

यसैगरी, साँघुरो फलेकको अंकभार १० तोकिएको छ । साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्किए पनि अनुत्तीर्ण हुनेछन् ।

निर्देशिकामा युटर्नको अंकभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ । त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*