मकवानपुरबाट पाँच पटकमा चुनाव जितेका दिपक सिंह ऊर्जा राज्यमन्त्री
हेटौंडा– मकवानपुरमा लगातार चार पटकसम्म निर्वाचन हारेका राप्रपाका दिपकबहादुर सिंह पाँचौ पटकको प्रयासमा सांसद बनेसँगै राज्नमन्त्री हुने भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दिपक सिंहलाई ऊर्जा राज्यमन्त्री बनाउने भएको छ । राप्रपाबाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने भएका छन् ।
सिंहले क्याबिनेट मन्त्री बन्ने चाहना राखे पनि पार्टी अध्यक्ष लिङ्देनले सिंहलाई आफू मातहत राखेर ऊर्जा राज्यमन्त्री बनाउने भएका हुन् । सिंह ३० वैशाख २०७९ मा भएको स्थानीय तह निर्वाचनमा हेटौंडाको मेयर पदमा पराजित बनेका थिए ।
मेयरमा हारेका सिंहले प्रतिनिधिसभा निर्वाचन लडेका थिए । उनले नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गरेका थिए ।
पार्टीका उपाध्यक्षद्वय विक्रम पाण्डेले सहरी विकास मन्त्रीको जिम्मेवारी पाउँदा ध्रुवबहादुर प्रधानले कानुन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।