मनकामनामाई सहकारीको १४ औं साधारणसभा

संवाददाता
कार्तिक १, २०७९

हेटौंडा– श्रीमनकामनामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–१९, बस्तिपुरको १४ औं वार्षिक साधारणसभा भएको छ ।सहकारीका अध्यक्ष हरिवंश भेटवालको सभाध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघ अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।

सभामा संस्थाका सचिव सुवासचन्द्र कँडेल, कोषाध्यक्ष राममणि बर्तौला तथा लेखा समिति, ऋण उपसमिति र शिक्षा उपसमितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । सहकारीको गत आर्थिक वर्ष २०७८–०७९ मा ९९ लाख ७७ हजार ७ सय रुपैयाँ शेयर पुँजी रहेको छ । सहकारीलाई गत आवमा १७ लाख ७ हजार १ सय ५२ रुपैयाँ खुद नाफा भएको जनाइएको छ ।

२०६४–०६५ मा ८ लाख रुपैयाँ बचत रकमबाट सुरु भएको सहकारीले २०७९ असारमसान्तसम्म आइपुग्दा २ हजार ३ सय २७ जना शेयर सदस्यता र ९९ लाख ७७ हजार ७ सय शेयर पुँजी रहेको र वार्षिक करिब १० करोड रुपैयाँको कारोबारगर्न सफल भएको सहकारीले जानकारी दिएको छ ।

साधारणसभाको अबसरमा सहकारीले नरबहादुर बर्तौला, सिता अर्याललाई वृद्धवृद्धातर्फ सम्मान गरेको छ । बचतकर्तातर्फ प्रथम सुभद्रा कुमारी तिमल्सिना, दोस्रो सरिता सुवेदी हुन सफल भए ।

एकल महिलातर्फ सानुकान्छी ढकाल, असर ऋणितर्फ १२ जनामा भएको गोलाप्रथाबाट सुर्यबहादुर तामाङ, बाल बचततर्फ निमेष गर्तौला र दिब्यान्स गर्तौला, प्लस टु परीक्षामा उत्कृष्ट अंक ल्याउने मिराज भेटवाल र एसईईमा उत्कृष्ट दिपिका गुरागाईलाई सम्मान गरिएको थियो ।

राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि बेदप्रसाद तिमल्सिना, समाजसेवी हरिबहादुर पण्डित, लेखा समिति संयोजक बसन्त सिटौलालगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*