मकवानपुरमा उम्रियो संकटापन्न भोटेलहराको विरुवा

संवाददाता
जेष्ठ १०, २०७९

हेटौंडा– वनस्पति अनुशन्धान केन्द्र मकवानपुर अथक प्रयासपछि भोटे लहराको विउ उमार्न सफल भएको छ । ६ महिना अघिबाट प्रयासरत रहेको अनुशन्धान केन्द्र अहिले आएर सफल भएको हो ।

करिब १ वर्ष अघि भोटेलहराकै खोजिमा रहेका केन्द्रको टिमले विउ उमार्न सफल भएको वनस्पति अनुसन्धान केन्द्र मकवानपुर कार्यालय केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक अधिकृत रुघुराम पराजुलीले जानकारी दिए ।

व्यापार महासन्धि ९साइटिस०को सुचिमा रहेको भोटेलहरा हालसम्म मकवानपुरको ३ स्थानमा रहेको पुष्टी भएको केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक अधिकृत पराजुलीको भनाइ छ ।

जिल्लाको बागमती गाँउपालिका वडा नं ८ भुवनचुली, बकैया गाउँपालिका र मनहरी गाँउपालिकामा भोटेलहरा भेटिसकेको छ । यो अवधिको वीचमा मकवानपुरको विभिन्न स्थान हेटौंडादेखि लोथरसम्म, राक्सिराङ, भैसे, फापरबारी, गढी गाँउपालिकामा समेत खोजिकार्य तिव्र बनाइएको थियो ।

पराजुलीले भोटेलहरा चिन्नको लागि शुरुमा तनहुँको ढोरबाराही क्षेत्रमा पुगेर आफुहरुले भोटेलहरा निश्चित गरेको समेत जानकारी गराए । त्यस्तै मकवानपुरमा पनि खोजि कार्य जारी राख्दै गर्दा दोस्रो ठाँउमा प्राकृतिक रुपमा भेट्न पाएकोमा उनले खुशी व्यक्त गरे ।

हालसम्म नेपालको संखुवासवा, तनहुँ र मकवानपुर माबाहेक भोटेलहरा अन्य ठाँउमा प्राकृतिक बास स्थानमा भेटिएको आफूलाई जानकारी नरहेको पराजुलीको भनाई छ ।

धेरै वर्ष अगाडी मकवानपुरमा भोटेलहरा रहेको अभिलेखमा भेटिएको कारणले अहिले लोपन्मुख यो विरुवाको प्रजातीलाई संरक्षण गर्न आफूहरु लागिरहेको उनले बताए । पराजुली सरुवा भएर कार्यालयमा आएपछि अभिलेख हेरी यस भोटेलहराको खोजिकार्य सुरु गरेका थिए ।

नेपालमा साइटिस अन्र्तगत तीन वटा सुचिमध्ये यो भोटेलहरा तीन नम्बरको सुचिमा पर्छ । जुन दुलर्भ वनस्पती भनेर चिनिन्छ । प्रमुख पराजुली भन्छन्, संसारमा मानिसको संख्या दिनप्रतिदिन बढ्दो छ । मानिसका चाहना पनि तीव्र गतिमा बढ्दै छन् । त्यसले गर्दा वन–जंगल, सिमसार, घाँसे मैदान लगायत विभिन्न प्राकृतिक क्षेत्र साँघुरिने बाहेक फैलने कुनै लक्षण छैन् ।

दुर्लभ तथालोप हुने अवस्थामा पुगेका वनस्पतिहरुको बासस्थान संरक्षणमा जोड दिने उद्देश्य अहिले प्रमुख कार्य रहेको उनले बताए । उनले अब यसको विउ उमार्ने कामसगै बासस्थान संरक्षण कार्य चुनौतिपूर्ण रहेको बताए ।

भेटिएको स्थानका व्यक्तिहरुसँग भोटेलहराको महत्व र यसको बासस्थान संरक्षण के कसरी गर्ने भन्ने विषयमा छलफल समेत गर्ने गरेको उनले बताए । वडाध्यक्ष लगायका स्थानीय व्यक्तिहरु भोटे लहरा जस्ता दुर्लभ वनस्पति आफ्नो क्षेत्रमापाइनु धेरै ठूलो खुशीको विषय भएको र यो वनस्पतिको बासस्थान संरक्षणको लागि एक आपसमा समन्वय र सहकार्य गर्ने गरिएकोे छ ।

सको बासस्थान संरक्षण गर्नमा स्थानीय तह, सम्बन्धित सामुदायीक वन र वनस्पति अनुसन्धान केन्द्र सबै निकायहरु मिलेर अगाडि बढ्ने र स्थानीय सर्वसाधारणहरुमा यसको जानकारी गराइचरिचरण तथा घाँसपातबाट पर्न सक्ने जोखिम न्यूनीकरण गर्न पहल गर्ने विषयमा पनि छलफल भएको उनले बताए ।

यसबाट एकातिर यो दुर्लभ वनस्पतिको बासस्थान संरक्षण हुनेछ भने अर्कोतर्फ वानस्पतिपर्यटन गन्तव्यको रुपमाउक्त क्षेत्र विकास हुने प्रवल सम्भावना रहेको कार्यालय प्रमुख पराजुली बताउँछन् ।

के हो भोटेलहरा ?

भोटेलहरा संकटापन्न सूचीमा रहेको वनस्पति हो । नेपालमा यसको प्राकृतिक उपलब्धता सुनिश्चित गर्नुमै यसको महत्व रहेको उनको भनाइ छ ।

वनस्पति विज्ञानमा निटासी परिवारमा पर्ने निटम जातिको वनस्पतिका विश्वभर करिब ४० प्रजाति मात्र रहेको अध्ययनले देखाएका छन् । सोमध्ये नेपालमा पाइने प्रजाति निटुमोन्टलम हो । यसको स्थानीय नाम भोटेलहरा हो ।

संकटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तरराष्ट्रिय व्यापार महासन्धी ९साइटिस महासन्धी०, २०७३ को पक्षराष्ट्र भएका कारण यसको कार्यान्वयनका लागि नेपालले संकटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तरराष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्ने ऐन २०७३ र नियमावली २०७६ ल्याएको छ ।

साइटिस महासन्धीमा रहेका ३ अनुसूचीमध्ये भोटेलहरा अनुसूची ३ मा पर्छ । भोटेलहरा ढिलो बढ्ने सदावहार वनस्पति हो । यो एक लहरा खालको वनस्पति हो ।

भाले र पोथी बिरुवा अलग अलग हुने भएका कारण यिनीहरूमा परागसेचन हुन नसकेर पनि यो प्रजातिका नयाँ बिरुवा विस्तार नभएको पराजुलीको भनाइ छ । यसको फल दम खोकीमा उपयोगी हुने अध्ययनले देखाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*