पुडासैनीलाई फसाउने षडयन्त्र कस्ले बनायो ?

संवाददाता
बैशाख २४, २०७९

हेटौंडा– निर्वाचन कार्यालय मकवानपुरगढीका सहायक निर्वाचन अधिकृत रामकुमार पुडासैनीको फेसबुक ह्याक गरी मत अपिल गरेको सामग्री पोष्ट गरेर बदनाम गराउने षडयन्त्र भएको खुलेको छ ।

पुडासैनीको फेसबुक ह्याक गरेर आसन्न स्थानीय तह निर्वाचनमा एक उम्मेदवारको मत अपिल गरेको भिडियो सामग्री पोष्ट भएको थियो । उक्त भिडियो पोष्ट बारे पुडासैनीले नै पछि अन्यबाट जानकारी पाएको बताएका छन् । पुडासैनीले फेसबुक ह्याक गरेर आफूलाई फसाउने षडयन्त्र अनुसार त्यसो गरिएको हुन सक्ने बताए ।

‘मलाई त थाहै थिएन । आफैं सहायक निर्वाचन अधिकृत छु, म अरुलाई यसो गर्न हुँदैन् भन्ने मान्छे । मलाई फसाउने मौका यही हो भनेर ममाथि षडयन्त्र भयो । यसको कानुनी उपचार खोज्छु ।,’ उनले भनेका छन् ।

‘म सहायक निर्वाचन अधिकृत भएकै कारण फसाउन खोजिएको हो । मैले त अरुले यस्तो भएछ भनेपछि थाहा पाएँ । केही साथीहरुले वास्तविकता नबुजी प्रचार गरिसकेछन् ।,’ पुडासैनीले भने । पडासैनीले कानुनी उपचार खोजिने जानकारी दिए । आफू जिम्मेवार पदमा रहिरहँदा फसाउन खोज्नेलाई कारबाहीको लागि प्रक्रिया अगाडि बढाउने उनको भनाई छ ।

‘गएको साझ्मा मेरो फेसबूक अकाउन्ट ह्याक गरि कसैले गलत तथा भ्रामक सुचना प्रसारण गर्ने उद्देश्यले गलत स्क्रिनसर्ट गरी अनावश्यक पोष्ट गर्ने, एउटै भिडियो पटक पटक स्क्रिनसर्ट गरी धेरै वटा शेयर गरेको जस्तो बनाइ समाचार लेख्ने काम भएको छ उक्त कार्य म बाट भएकै छैन । यस्तो गलत तथा भ्रामक समाचार प्रसारण नगर्नु नगराउनु हुन हार्दिक अनुरोध गर्दछु ।,’ पुडासैनीले भनेका छन् ।

उनले आफ्नो कुनै राजनीतिक संलग्ना नभएको भन्दै स्वच्छ र भयरहित तरिकाबाट निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भ्रामक प्रचार गर्दा सम्बन्धित व्यक्तिलाई घटनाको वास्तविकता नबुझी एकपक्षीय ढंगबाट समाचार सम्प्रेक्षण भएको भन्दै आपत्ति जनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*