अदालतको आदेशसँगै उपाध्यक्ष चौलागाईंको पुनः पदबाहली

संवाददाता
चैत्र २४, २०७८

हेटौंडा– बागमती प्रदेशको प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईले आज बिहीवार पुन पदबहाली गरेक छन् । उच्च अदालत पाटन हेटौंडा इजलासले पदमा रहेर काम गर्ने आदेश दिएपछि उनी पुनः पदबहाली भएका हुन् ।

प्रदेशका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईंलाई पदबहाली गराएका छन् । उनकै पालामा चौलागाईं उपाध्यक्ष नियुक्त भएका थिए । बागमती प्रदेश युवा परिषद् उपाध्यक्ष चौलागाईंलाई पदमै रहेर काम गर्न दिन उच्च अदालत पाटन हेटौंडा इजलाशले बागमती प्रदेश सरकारका नाममा बुधवार आदेश जारी गरेको थियो ।

उच्च अदालत पाटन हेटौंडा इजलाशका न्यायाधीश चण्डिराज ढकाल र मेरिना श्रेष्ठको इजलाशले चौलागाईंलाई पदबाट हटाउने बागमती प्रदेश मन्त्री परिषदको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै चौलागाईलाई पदमै रहेर काम गर्न दिन सरकारका नाममा परमादेश जारी गरेको हो ।

केही समयअघि बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले मन्त्री परिषदको बैठकको निर्णय अनुसार चौलागाईंलाई पदमुक्त गरेको थियो । सरकारले बदनियत राखी आफुलाई पदबाट हटाएको भन्दै चौलागाईले उच्च अदालत पाटन हेटौँडामा उत्प्रेषण परामदेशको रिट निबेदन दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*