कृषि र पोल्ट्री विकास विधेयकका लागि सुझाब संकलन गरिँदै

संवाददाता
चैत्र १५, २०७८

हेटौंडा । प्रदेश कृषि विकास विधेयक र प्रदेश पोल्ट्री विकास विधेयकका लागि सुझाव उपलब्ध गराउनका लागि बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय हेटौंडाले अनुरोध गरेको छ ।

कृषि क्षेत्रमा आमूल परिवर्तन गरी वैज्ञानिक कृषि पद्धति मार्फत कृषि क्षेत्रको रुपान्तरण गर्न, खाद्य र पोषण सुरक्षामा टेवा पुर्याउन र समग्र किसानको हक हितको लागि यो विधेयक ल्याउन लागेको हो ।

बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले “प्रदेश पोल्ट्री विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” र “प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” को प्रारम्भिक मस्यौदा तयारीको कार्य अगाडी वढाईरहेको मन्त्रालयका प्रवक्ता तथा विधेयक मस्यौदा तर्जुमा समितिका संयोजक झलकनाथ कंडेलले जानकारी दिनुभयो ।

यसै सन्दर्भमा विधेयकहरुमा समावेश हुनुपर्ने व्यवहारीक र सैद्धान्तिक विषयहरुको धेरै भन्दा धेरै पक्षको भावनालाई समेटेर कार्यान्वयन योग्य वनाउन र कृषि क्षेत्रलाई दिशानिर्देश गर्नको लागि विधेयकको मस्यौदामा समेटिनुपर्ने विषयमा आफ्नो अति नै महत्वपुर्ण राय र सुझाब, प्रतिवेदन, टिपोट पेस गर्न मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले आग्रह गर्नु भएको छ ।

यस विधेयकमा कृषक, व्यवसायी, सरकारी निकाय, संघसंस्था, पत्रकार लगायत सम्पुर्ण सरोकारवालाहरुमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुरोध गरेको छ । सुझाब पठाउँदा सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, कृषि विकास निर्देशनालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र मन्त्रालयमा पठाउनुहुनका लागि अनुरोध गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*