एमाले मकवानपुरको अधिवेशन पुस अन्तिममा गर्ने निर्णय
हेटौंडा । नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन यही पुस अन्तिम सातामा गर्ने निर्णय भएको छ । एमाले मकवानपुरको सचिवालय बैठकले जिल्ला अधिवेशन पुस २३ र २४ गते गर्ने निर्णय गरिएको हो ।
अधिवेशन तयारीका लागि यही पुस ७ गते हेटौंडामा जिल्ला कमिटी बैठक गरिने निर्णय भएको एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठले जानकारी दिएका छन् ।
अधिवेशनका लागि एक हजार सदस्य प्रतिनिधि हुने अनुमान गरिएको छ । मकवानपुरको प्रत्यक स्थानीय तहको वडा स्तरबाट अधिवेशन प्रतिनिधि छनौट गरिने भएको उनले बताए ।
अधिवेशनका लागि प्रतिनिधि र पाटीका सदस्यहरुबाट मात्र संकलन गर्ने निर्णय गरिएको छ । सचिवालय बैठकले नेकपा माओबादी केन्द्रबाट एमालेमा प्रवेश गर्ने नरेन्द्र रिजाल, नारायण बललगायतलाई जिल्ला कमिटी सदस्यमा राख्ने निर्णय गरेको छ ।
यस्तै बलराम बललाई भने एमाले बागमती प्रदेश कमिटीको सदस्य पदमा सिफारिस गरिएको सचिब श्रेष्ठले जानकारी दिएका छन् । माओवादी नेता बलको नेतृत्वमा केही दिनअघि १२ जना एमाले प्रवेश गरेका थिए ।