मकवानपुरगढीमा विद्यालयमै पुगेर बालबालिकालाई खोप लगाइने

संवाददाता
पुस २, २०७८

हेटौंडा– स्वास्थ्य सुरक्षामा उच्च सतर्कता अपनाउँदै आएको मकवानपुरगढी गाउँपालिकाले हरेक विद्यालय क्षेत्रमै पुगेर बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइने भएको छ ।

मकवानपुरगढीका विद्यालयमै गएर १२ देखि १७ वर्षसम्मका बालबालिका र किशोरकिशोरीहरुलाई कोभिडविरुद्धको खोप मोडेर्ना खोप लगाइने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछानेले जानकारी दिए ।

‘मकवानपुरगढीका हरेक सामुदायिक बिद्यालयमा गएर आउँदो पुस ४ र ५ गते खोप लगाउन लागिएको छ । खोप कार्यक्रमको सबै तयारी भइसकेको छ ।,’ स्वास्थ्य शाखा प्रमुख लामिछानेले भने । हरेक बिद्यालयमा गएर खोप दिनका लागि स्वास्थ्य शाखाबाट सबै खालका तयारी समेत गरिएको उनले बताएका हुन् । कोरोनाको नयाँ भेरिएन्टबाट बच्नका लागि पनि अपनाउनुपर्ने साबधानीका बिषयमा प्रचारप्रसार गरिएको र किशोरकिशोरीहरुलाई पनि खोप दिन लागिएको लामिछानेले बताए ।

अमेरिकी कम्पनी मोडेर्नाको थप १४ लाख ९७ हजार मात्रा खोप नेपाल ल्याइएको छ । बिद्यालयहरूमा रहेका विद्यार्थी संख्याका आधारमा खोप पठाइँदै छ । यस पटक अस्पतालबाहेक विद्यालय नै खोप केन्द्र रहनेछ । मकवानपुरका अन्य स्थानीय तहहरुले पनि कोभिडविरुद्धको खोप लगाउँदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*