मुख्यमन्त्रीलाई लैगिंक हिंसाबिरुद्धको संकलित हस्ताक्षर

संवाददाता
पुस २, २०७८

हेटौंडा–बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई लैगिंक हिंसाबिरुद्धको १६ दिने अभियानअन्तर्गत् संकलित हस्ताक्षर बुझाइएको छ ।

मकवानपुरमा लैगिंक हिंसाबिरुद्धको १६ दिने अभियान ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सञ्चालित थियो । ‘म लैगिक हिंसा गर्दिन, गर्न दिन्न र यदी कतै हिंसा भएमा तत्काल प्रतिकार गर्दछु साथै लैगिक हिंसा अन्त्यका लागि सहकार्य समेत गर्दछु’ भन्ने प्रतिबद्धतासहित उक्त अभियानमा सहभागीहरुले हस्ताक्षर गरेका छन् ।

मेन ईंगेज एलायन्सको आयोजना र मानब अधिकार संरक्षण तथा मानव बेचबिखनबिरुद्धको संजाल, महिला मानव अधिकार रक्षक संजाल, तरंगिनी फाउण्डेशन, डेक नेपाललगायतका निकायको सहकार्यमा हस्ताक्षर संकलन गरिएको थियो । हस्ताक्षर बुझ्दै मुख्यमन्त्री पाण्डेले लैगिक हिंसा नियन्त्रण गर्न आफ्नो ध्यान केन्द्रीत रहने बताएका छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममार्फत लैगिंक हिंसा अन्त्य गर्न विद्यालय तहदेखि नै सचेतना जागरणका कार्य गर्ने र पुरुष बर्गलाई नै केन्द्रीत गरी कार्यक्रम संचालन गर्नपर्ने भएको उनले बताए । महिलाको श्रमको मूल्याकंन गर्नु आवश्यक रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले लैगिक हिंसा अन्त्य नगरी समाज विकासको रुपान्तरण नहुने दावी गरे ।

बागमतीका मुख्यमन्त्री पाण्डे, महिला मानव अधिकार रक्षक राष्ट्रिय संजालका अध्यक्ष डा। रेणु अधिकारी, महासचिव राधिका सापकोटा, जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, मनहरी गाउँपालिकाकी उपप्रमुख मनिला बिष्ट, बकैया गाउँ– पालिकाकी उपप्रमुख सरला बोलखे, मेन ईगेज एलायन्स मकवानपुरका अध्यक्ष प्रकाश खतिवडा, मानब अधिकार संरक्षण तथा मानब बेचबिखनबिरुद्धको संजालकी अध्यक्ष आरती पाठकलगायतले लैगिक हिंसाबिरुद्ध हस्ताक्षर गरेका थिए ।

महिला मानब अधिकार रक्षकहरुको राष्ट्रिय संजालकी अध्यक्ष अधिकारीले श्रम क्षेत्रमा लैगिंक असमानता, ज्यालामा विभेद, असुरक्षित कार्यस्थल जस्ता बिषयहरु महत्वपुर्ण समस्याका रुपमा देखिएको बताइन् । उनले पितृसत्तात्मक समाज र त्यसबाट सिर्जित महिला र पुरुषबीच जन्मने असमान शक्ति सम्बन्ध भएकोले यसलाई अन्त्य गर्न सरकारलाई आग्रह गरेकी छन् ।

महिलाको घरेलु श्रमलाई मर्यादित श्रमको रुपमा स्थापित गर्ने, नेपालको श्रम कानुन २०७४ द्वारा व्यवस्था गरिएको कुनैपनि श्रम अनौपचारिक हुने छैन भनिएता पनी घरेलु श्रम अनौपचारिक नै रहेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएकी छन् ।

आन्तरिक घरेलु कामको पहिचान, मुल्य र सम्मान हुनुपर्नेमा अध्यक्ष अधिकारीको भनाई छ । जिल्ला समन्वय समितिकी उपप्रमुख पुडासैनीले २१ औं सताब्दीमा पनि महिला हिंसा हुनु दुर्भाग्य रहेको बताइन् । मनहरी गाउँपालिका उपाध्यक्ष बिष्टले पितृसत्तात्मक सोचका कारण महिलालाई पुरुषबाटै हिंसा हुने भएकोले पुुरुष बर्गलाई नै नैतिकताको ज्ञान र मानब अधिकारको बारेमा सचेत पार्नुपर्ने औंल्याएकी छन् । बकैया गाउँपालिकाकी उपप्रमुख बोलखेले महिला हिंसा भएकै कारण कतिपय महिलाहरु मनोसामाजिक समस्यामा परेको जानकारी गराइन् ।

मेन ईंगेज एलायन्स मकबानपुरका अध्यक्ष खतिवडाले लैगिंक हिंसा अन्त्य गर्न एलायन्स क्रियाशिल भएको बताए । यौनिक तथा लैगिंक अल्पसंख्यकको अधिकार, घरेलु श्रमिक महिला अधिकारको स्थापित, अपाङ्गता भएकाहरुको अधिकार, किशोरिहरुलाई शिक्षामा समाहित गराउन, सिमान्तकृत महिलाको अधिकार प्राप्ती, महिलालाई सम्मान र अग्रपंक्तिमा राखी महिलाको पहँुचमा अभिवृद्धिका लागि एलायन्सले कार्य गरिरहेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*