मनहरी खोलामा क्रसर उद्योगको रजगज, ३२ ट्याक्टर नियन्त्रणमा

संवाददाता
मंसिर २१, २०७८

हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिकाका क्रसर उद्योगहरुले दिनहुँ रुपमा अबैध रुपमा खोलाको उत्खनन् गर्दै आइरहेको पाइएको छ ।

ट्याक्टर लगाएर अबैध रुपमा खोला उत्खनन गर्ने र नदीजन्य पदार्थ आफ्ना क्रसर उद्योगको प्राङ्गणमा थुपार्दै आएका छन् । इलाका प्रहरी कार्यालय मनहरीका प्रहरीको मिलेमतोमा क्रसर उद्योगहरुले ट्याक्टर मार्फत अबैध रुपमा ढुङेगा, गिट्टी वालुवा थुपार्दै आएका हुन् । त्यसलाई प्रहरीले खासै रोक्न सकेको छैन ।

अहिले भने कुनै कुनै ट्याक्टर भने प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अवैध रुपमा नदीजन्य उत्खनन गर्ने ७ वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

यसअघि इलाका प्रहरी कार्यालय मनहरीका प्रहरीको मिलेमतोमा क्रसर उद्योगले दिनहुँ नदिजन्य पदार्थ उत्खनन गरिरहेका छन् । त्यतिमात्र नभई क्रसर उद्योगहरुको मनहरी खोलामा रजगज नै चलेको छ ।

अहिले भने कुनै–कुनै ट्याक्टर मात्र प्रहरीले नियन्त्रणमा लिएको हो । राक्सिराङ क्षेत्रमा दिनहुँ उत्खनन गर्ने ट्याक्टर अझै प्रहरीले नियन्त्रणतर्फ खासै चासो दिएको छैन । त्यस क्षेत्रमा क्रसर उद्योग, राक्सिराङ गाउँपालिकाका राजस्व शाखाका कर्मचारी समेतको मिलेमतोमा उत्खननको काम भइरहेको जनाइएको छ ।

प्रहरीले २० मंसिरमा ना ५ त ९५४४, ना ६ त ४७९०, ना ५ त ७११२, ना ६ त २९१७, ना ५ त ५१३४, ना ६ त ५२३७ र ना ५ त ७०३१ नम्वरको ट्याक्टरले अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरी लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ । १ मंसिर यता २० दिनमा मात्रै प्रहरीले मनहरी खोलाबाट ३२ वटा ट्याक्टर नियन्त्रणमा लिइसकेको छ ।

सोमबार थप ७ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएसँगै मंसिर महिनामा ३२ वटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक रिमालले जानकारी दिए । नियन्त्रणमा लिएको ती ट्याक्टरलाई आवश्यक कारबाहीको लागि मनहरी गाउँपालिका कार्यालयमा पठाइएको छ ।

जनपत्र डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*