एमाले अध्यक्षमा ओली दोस्रो पटक विजयी

संवाददाता
मंसिर १४, २०७८

हेटौंडा–  एमालेको १० औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका छन् । नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई ४६ मतान्तरले हराएर अध्यक्ष भएका ओली पुनः अध्यक्षमा दोहोरिएका हुन् ।

मगलबार सकिएको मतदानबाट ओलीले भारी मतसहित भिम रावललाई हराएका छन् । रावल ओलीको सर्वसम्मत अध्यक्ष हुने चाहनाका बाधक थिए । सर्वसम्मत अध्यक्षर भएर झनै शक्तिशाली देखिन खोजेका ओलीलाई रावलले चुनौती दिएका थिए ।

ओलीले कुल १ हजार ८ सय ३७ मत ल्याएका थिए । अध्यक्षका प्रतिद्वन्द्वी रावलले २ सय २३ मत मात्रै पाएका थिए ।

एमालेमा अध्यक्ष पछिको दोस्रो बरीयताको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध भइसकेका छन् । दुई पटक पार्टीको महासचिव भएका पोखरेललाई ओलीले सर्वसम्मत उपाध्यक्ष बनाएका हुन् ।

एमालेको महाधिवेशनबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सर्वाधिक १ हजार ९ सय ८० मत ल्याएर विजयी भएकी छन् ।

यस्तै, उपाध्यक्षमा सुरेन्द्र पाण्डेले १९२९, सुवास नेम्वाङले १८६९, विष्णु पौडेलले १८५९, युवराज ज्ञवालीले १८४६ र रामबहादुर थापाले १७७१ मत ल्याउँदै विजयी भए । उपाध्यक्षमा घनश्याम भूसाल ७ सय २६ मत ल्याएपनि पराजित हुन पुगे । ६ उपाध्यक्षका लागि ७ जनाले उम्मेदवारी दिएपछि निर्वाचन भएको थियो ।

महासचिवमा शंकर पोखरेल सर्वसम्मत भएका थिए । उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् ।

एमालेको सचिवमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्ताव ७ जना नेता विजयी भएका छन् । गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा अर्याल, टोपबहादुर रायमाझी विजयी भए । जसमध्ये विष्ट सर्वाधिक १ हजार ९ सय ७६ भोट ल्याउने सचिव भए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*