हेटौंडामा छठ पर्वको तयारी सकियो, राप्ति तटमा बनाइयो पण्डाल

संवाददाता
कार्तिक २३, २०७८

हेटौंडा । हेटौंडामा छठ पर्वको तयारी पूरा भएको छ । हेटौंडाको राप्ती तटमा भक्तजनका लागि पूजा आरधना गर्न पण्डाल बनाइएको छ ।

छठ पर्वको तयारी सकिएको छठ पूजा समारोह समितिका संयोजक कृष्ण कंशकारले बताए । नेपालको मिथिलाञ्चल क्षेत्रमा विशेष रुपमा मनाइँदै आएको छठ पर्व पछिल्ला वर्ष हेटौंडामा छठ पर्वलाई भव्य रुपमा मनाउने गरिएको छ ।

गतवर्ष कोरोना महामारीका कारण छठ पर्व भव्यताका साथ आयोजना हुन सकेको थिएन् । समितिका संयोजक कंशकारका अनुसार यसवर्ष पनि स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै छठ पर्व हर्षोल्लासका साथ मनाउने योजना छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुमतिमा छठको घाट तयारीमा जुटेको संयोजक कंशकारले बताए । राप्ती तटमा करिब ६०० फिटको दूरीमा पण्डाल निर्माण गरिएको उनले बताए ।

हेटौंडाको छठ पर्वमा एक हजार व्रतालु र ५० हजार श्रद्धालुले अवलोकन र दर्शन गर्ने अनुमान समितिले गरेको छ । सोमबारदेखि अर्थात कात्तिक शुक्ल चतुदर्शीदेखि छठ प्रारम्भ भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*