कृषि अधिकृत चौधरी ‘ईन्टीग्रेटी आईकन २०२१’ बाट सम्मानित

संवाददाता
कार्तिक ४, २०७८

हेटौंडा–मकवानपुरगढी गाउँपालिकाका मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी राष्ट्रसेवक ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मानित भएका छन् । अकाउन्टविलिटी ल्याब नेपालले यसवर्षको अवार्ड सार्वजनिक गरेको हो ।

जेटिए अध्ययन गरेका चौधरी २०६० सालमा प्राविधिक चौथोबाट सरकारी सेवामा प्रवेश गरेका हुन् । व्यवसायिक तरकारी खेतिको क्षेत्र बिस्तार गरे । थोरै क्षेत्रमा खेती गर्दा लगानी बढी लाग्ने र घर खर्चलाई मात्र पुग्ने हुन्छ । क्षेत्र विस्तार गरेर खेती गर्दा राम्रो कमाउन सकिन्छ भनेर उनले शुरुमा मकवानपुरगढी गाउँपालिका वडा नं. ३ का ५/७ जना किशानहरु भेला गरेर यसबारे ज्ञान दिलाए ।

उनकै ज्ञान र सल्लाहबाट बाँकी पेज ५ मा मकवानपुरगढी गाउँपालिकामा १० कठ्ठा जग्गामा खेती गर्ने कृषक अहिले ८/९ बिगाहामा खेती गर्ने भएका छन् ।

उनले वडा नं. ८ मा बेमौसमी तरकारी खेतीको सम्भावना राम्रो भएको देखे । २०७५ सालमा गाँउपालिकाबाट बजेट बिनियोजन गरेर बेमौसमी तरकारी क्षेत्र घोषणा भयो । हाल त्यस क्षेत्रका ८२ जना किशानहरु बेमौसमी खेती गरेर आमदानी लिईरहेकाछन् ।

स्थानीय तहमा माटो परिक्षणको प्रयोगशाला स्थापनामा पनि उनको योगदान छ । बागमती प्रदेश सरकारले माटो परीक्षण प्रयोगशालालाई सहयोग गर्ने कार्यक्रम थियो । प्रदेश सरकारले ५ स्थानीय तहलाई प्रयोगशालाका सामानहरु सहयोग गर्यो ।

५ वटा मध्ये सबै भन्दा पहिले मकवानपुरगढी गाउँपालिकाले ल्याब सञ्चालन गर्यो । पहिले अदुवामा रोग लाग्ने समस्या थियो । अहिले माटो परीक्षण गरेर अदुवा लगाउदाँ उत्पादन बढेको छ । यसले गर्दा कृषकहरु अदुवा खेती प्रती आकर्षित भएका छन् ।

गाउँपालिकामा कृषकहरुको उत्पादनलाई सहकारी मार्फत बजारीकरण गर्ने भूमिकामा पनि उनी अगाडि देखिएका छन् ।कृषकले उत्पादन बढाए पनि उचित मुल्य नपाउने समस्या समाधान गर्न उनले सहकारी मार्फत बजारीकरण अवधारणा पालिकामा पेश गरे । पालिकाले बजेट छुट्यायो ।

त्यसपछि खुला प्रतिश्पर्धाबाट एउटा सहकारी पसल सञ्चालनमा आयो । त्यसपछि कृषकले कम मूल्य पाउने र उपोभोक्ताले बढी मूल्य तिर्नु पर्ने समस्या न्यूनीकरण भयो । त्यसमाथी कृषकलाई प्रोत्साहन गर्न धान, गँहु, मकै, कोदो, फापर जस्ता अन्न सहकारी मार्फत बिक्रि गर्दा पालिकाले किलोको २ रुपैया थप दिने र सहकारीले पनि भण्डारन गरे बापत किलोको २ दुई रुपैया पाउने व्यवस्था लागु गर्न पनि उनले नै पहल गरे ।

यसैगरी किसान क्रेडिट कार्ड सुविधा पनि गाउँपालिकाले ल्याएको छ । दुई लाखसम्म ऋण उपलब्ध हुने गरी किसान क्रेडिट कार्ड २५ जनालाई वितरण गरिएको छ । यसको फोकल पर्सन चौधरी आफै छन् । उनले करिब ७० जना किसानको लागि क्रेडिट कार्ड सिफारिस गरिसकेका छन् ।

नेपाल बंगलादेश बैंकले प्रकृया पुरा गरेर कार्ड मार्फत कर्जा उपलब्ध गराउँदछ । विशेष गरेर व्यवसाय सुरुवात गर्ने साना किसान जस्तै, २ वटा गाई पाल्ने, १० वटा बाख्रा पाल्ने कृषकहरुलाई लक्षित गरेर यो कार्यक्रम ल्याईएको हो ।

कृषक व्यवसायिक खेतिबाट मनग्गे आमदानी गररे खुसी अनुहार लिएर कार्यालय आउँदा रमाउने चौधरीले व्यवसाय, बजार र प्रविधीसँग किशानलाई अभ्यस्त बनाएर एक उदाहरणीय कृषि प्राविधिकको रुपमा आफुलाई प्रस्तुत गरेका छन् । प्रतिफलकाे आशा नराखी आफ्नाे जिम्मेरी पुरा गर्दा आफूले सम्मान पाउँदा कामप्रतिकाे लगावमा झनै हैसला मिलेकाे उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*