हेटौंडा अस्पतालमा विरोध खतिवडाः मेरो दायित्व नागरिकलाई कोरोनाबाट बचाउने

संवाददाता
अशोज २५, २०७८

हेटौंडा । मकवानपुरका पहिलो कम्युनिष्ट मन्त्री विरोध खतिवडाले हेटौंडा अस्पतालको निरीक्षण गर्दै जनतालाई आवश्यक खोप लगाउन आफूले भूमिका खेल्ने बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला आएका खतिवडाले सोमबार अस्पतालको निरीक्षणको क्रममा २ करोड डोज खोप ल्याउन पहल गर्ने बताए । उनले आफ्नो पहिलो दायित्व नै कोरोना नियन्त्रण तथा रोकथाम गर्दै नागरिकको जीवन रक्षा गर्नु रहेको बताएका छन् ।

विकासोन्मुख हेटौंडा अस्पतालको निरीक्षणको क्रममा मन्त्री खतिवडाले जिल्लाको एकमात्र अस्पतालको स्तरवृद्धि गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । खतिवडाले अस्पतालको आइसियू कक्ष, कोभिड–१९ वार्डको समेत स्थलगत निरीक्षण गरेका छन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ड डा. राचन्द्र सापकोटाले अस्पतालको उपचारको अवस्था, भौतिक संरचना निर्माणको प्रगति र सेवाको बारेमा मन्त्री खतिवडालाई जानकारी गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*