रोकिएन सेयर बजारको पहिरो

संवाददाता
अशोज ११, २०७८

काठमाडौं । आज साताको दोस्रो कारोबार दिन बिहीबार सेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक ७३ दशमलव ०५ अंकले घटेर दुई हजार ६४५ दशमलव ४१ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

आज २२७ कम्पनीकोे एक करोड ४७ लाख आठ हजार ६८ कित्ता सेयर कारोबार हुँदा कुल पाँच अर्ब १२ करोड ९७ लाख तीन हजार ९६ रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैसमूह राताम्मे भएका छन् ।

आज सबैभन्दा धेरै लोरालो लाग्ने उपसमूहको सूचकमा फाइनान्स र निर्जिवन बिमा समूहका उपसूचकहरु रहेका छन् । फाइनान्स समूह १११ दशमलव ९६ अंकले ओरालो लागेको छ भने निर्जिवन बिमा समूह चार सय ३९ दशमलव २८ अंकले ओरालो लागेको छ । बाँकी सबै समूहका उपसूचकहरु एकदेखि दुई प्रतिशतको हाराहारीमा ओरालो लागेका छन् ।

आज सबैभन्दा धेरै कारोबार गर्नेमा अरुण भ्याली हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको आज १५ करोड ४९ लाख ७१ हजार २३० दशमलव ९० रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, आज सबैभन्दा धेरै फाइदा कमाउनेमा मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताहरु रहेका छन् । लघुवित्त १४४ दशमलव ८० अंकले फाइदामा गएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा हिमालय गुडवील फाइनान्सका लगानीकर्ता रहेका छन् । साभारः कलमपोष्ट डटकम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*