सेयर बजारमा पहिरो, एक घण्टा नपुग्दै ५० अंकको गिरावट
काठमाडौं । सेयर बजारमा भारी करेक्सन हुन थालेको छ । मंगलबार बजार खुलेको एक घण्टा नपुग्दै नेप्से परिसूचक ५०.४९ अंकले घटेको हो । यद्यपी करोबार रकम भने २ अर्ब ६१ करोड रुपैयाँ पुगिसकेको छ ।
अन्य समुह बाहेक नेप्सेका सबै सब इण्डेक्सहरु भारी अंकले घटेका छन् । सोमबार पनि बजार एकै दिन ३२.६७ अंकले घटेको थियो । यद्यपी कारोबार भने ८ अर्ब ४० करोड रुपैयाँकै भएको थियो ।