सिटिजन लाइफले ७५ करोडको आईपीओ ल्याउने

संवाददाता
फाल्गुन ४, २०७७

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ७५ करोड रुपैयाँको आईपीओ ल्याउने भएको छ । कम्पनीको तेश्रो बार्षिक साधारण सभाले प्रति कित्ता एक सय रुपैयाँ मूल्य अंकित ७५ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ । ७५ करोड रुपैयाँको आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५र०७६ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण स्वीकृत भएको कम्पनीले जानकारी दिएको छ ।

उक्त सभा मार्फत कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७६र०७७ को लेखापरीक्षण कार्यको लागि पुनः वर्तमान लेखापरीक्षक देवकी विजय एण्ड कं, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरी निजको पारिश्रमिक निर्धारण समेत गरिएको कम्पनीले जनाएको छ ।
यसैपाली आईपीओ ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको कम्पनीले चालु आवको पहिलो ६ महिनामा आफ्नो जीवन बीमा कोष १३० प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब ४ करोड रुपैयाँ रहेको बीमा कोषमा अहिले २ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको बीमा शुल्क पनि पुस मसान्त अवधीमा १ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधीमा जम्मा ८० करोड ८८ लाख रुपैयाँ मात्रै थियो । अर्थात कम्पनीको बीमा शुल्क आर्जन ७३ प्रतिशतले बढेको देखिन्छ । सिटिजनका जगेडा तथा कोषमा ७२ करोड रुपैयाँ छ जुन अघिल्लो आवको सोही अवधीमा ४२ करोड मात्रै थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*