एघारौं दिनदेखि काठमाडौंको सडक तताउँदै आइरहेको शिक्षक आन्दोलन

संवाददाता
चैत्र २९, २०८१

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले शनिबार ११औं दिन पनि सडक प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

आफूहरुसँग भएका सहमतिका आधारमा यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै शिक्षकहरुले माइतीघर(बबरमहल क्षेत्रमा सडक प्रदर्शन गरेका हुन् ।

नाचगानसहित उनीहरुले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । महासंघ र सरकारबीच निरन्तर छलफल भए पनि कुनै निष्कर्ष भने निस्कन सकेको छैन ।

महासंघले संसदको वर्षे अधिवेशन तत्कालै शुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने अडान राखेको छ ।

आफ्ना नयाँ कुनै माग नरहेकाले विद्यालय शिक्षा ऐन जारी नभएसम्म कक्षाकोठामा नफर्कने भन्दै उनीहरुले शैक्षिक हड्तालसमेत गरेका छन् । जसका कारण शैक्षिक गतिविधि ठप्प भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*