भीमफेदीको तारेभिरमा गुरु रिन्पोछेको विशाल चित्र कुँदिने

संवाददाता
चैत्र २६, २०८१

हेटौंडा– भीमफेदी गाउँपालिकाको–९ बसिफाँट र थाहा नगरपालिकाको प्रसिद्ध तीर्थस्थल ऋषेश्वर महादेव मन्दिरसँगै रहेको तारेभिरको विशाल चट्टानमा गुरु रिन्पोछेको १०८ बर्ग फिटको चित्र कुँद्ने कार्यको शुभारम्भ गरिएको छ ।

बागमती प्रदेशको मुख्यमन्त्री बहादुरसिंह लामाले कार्यको समारोहकाबीच शुभारम्भ गरेका हुन् । बौद्ध परम्परा अनुसारको बिधिपूर्वक मुख्यमन्त्री लामाले कार्यको शुभारम्भ गरेका हुन् ।

शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री लामाले यो स्थानमा रिन्पोछेको चित्र कुँदने कार्य सम्पन्न भएपछि यस क्षेत्रमा बौद्ध धर्मको प्रचारको साथमा धार्मिक पर्यटनले फड्को मार्ने बताए । पर्यटनमार्फत यसक्षेत्रको बासिन्दाको आयस्तर बढाउन सकिने समेत उनको भनाई छ ।

मुख्यमन्त्री लामाले पर्यटकको लागि स्तरीय सडक निर्माणको लागि आगामी बजेटमा रकम ब्यवस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख ललित बहादुर घलान, भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामाले पनि मन्तव्य राखेका थिए ।

यो क्षेत्रमा बौद्धगुरु रिन्पोछेले तपस्या गर्नुभएको र वहाँकै अवतारको रुपमा पूजिने ज्याडल रिन्पोछे लगायतका बौद्ध गुरुहरुले तपस्या गरेको हुनाले बौद्धमार्गी सम्प्रदायले पवित्रस्थलको रुपमा मान्दै आएको छ । बोधिचार्य फाउन्डेसनको पहलमा तारेभिरमा १०८ बर्ग फुटको चित्र कुँद्ने कार्यको शुभारम्भ भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*