बकैयामा कृषक भ्रमणको बस दुर्घटना, ३ जना गम्भीर घाइते

संवाददाता
चैत्र २६, २०८१

हेटौंडा । पूर्वीमकवानपुरको बकैया गाउँपालिकामा बा प्र ०६–००१ ख ०२७० नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ । अगुवा कृषक भ्रमणबाट सिन्धुली हुँदै हेटौंडा आउने क्रममा बस सडकको मोडमा पल्टिएर दुर्घटना भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

भीमफेदी गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाको आयोजनामा अगुवा कृषकहरु भ्रमणमा गएर फकिँदै गर्दा बकैया–३ चिसापानीमा मदन भण्डारी मार्ग (धरान–चतरा सडक खण्ड)मा दुर्घटना भएको स्थानीय हात्तिसुँढे प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक जनककुमार तामाङले जानकारी दिए ।

३५ सिट रहेको बसमा कति जना सवार रहेको भन्ने यकिन विवरण नभएकाले दुर्घटनामा घाइते हुनेहरुको संख्या नखुलेको तामाङले जानकारी दिए । उनकाअनुसार दुर्घटना भएपछि प्रहरीले स्थानीय र गरगरे स्वास्थ्य चौकीलगायतको सहयोगमा घाइतेहरुको उद्दार गरि उपचारका लागि हेटौंडा अस्पतालतर्फ पठाइएको छ ।

दुर्घटनामा गम्भीर प्रकृतिका ३ जना बिरामीलाई एम्बुलेन्समा पठाइएको र अन्य घाइतेहरुलाई उपलब्ध सवारी साधनमा हेटौंडा पठाइएको छ । बस चालक पनि घाइते भएर अस्पतालतर्फ पठाइएकाले दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी सहायक निरीक्षक तामाङले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*