हेटौंडाको फरेष्टी क्षेत्रमा अनैतिक गतिबिधि रोक्न सरोकारवाला निकायको चासो

संवाददाता
कार्तिक २, २०८१

हेटौंडा । पछिल्लो समय रात्रिकालमा हुने अनैतिक कृयाकलापका कारण चर्चामा रहेको हेटौंडा–१० फरेष्ट्री क्षेत्रमा बृहत सरसफाई गरीएको छ ।

पुर्वपश्चिम राजमार्गमा पर्ने फरेष्ट्री क्षेत्रमा हुने ट्रक तथा अन्य सवारीसाधन पार्किङगरी बिभिन्न क्षेत्रबाट हेटौंडा आएका यौनिक अल्पसंख्यकहरुका कारण हुने अनैतिक गतिबिधि रोक्नका लागि हेटौंडा उपमहानगरपालिकाको संयोजनमा बिहीवार सरसफाई कार्यक्रम गरीएको हो ।

राजमार्ग क्षेत्रमा पर्ने र नजिकै घना जंगलका कारण गलत काम भएको जनगुनासो सँगै फरेष्ट्री क्षेत्रमा सरसफाईसँगै पार्किङ निषेधित क्षेत्र घोषणा समेत गरीएको छ । सफाईसँगै उपमहानगरले यसक्षेत्रमा लाईटिङको व्यवस्था गरी थप व्यवस्थित बनाउने तयारी गरेको उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् ।

स्थानिय प्रशासनसँगको सहकार्यमा फरेष्ट्रीदेखि कान्तिइश्वरी दरवार क्षेत्रमा सानाठुला सवारीलाई पार्किङका लागि निषेध गरेको उनले बताइन् । अहिले त्यस क्षेत्रमा हरेका बुट्यानहरु हटाइएको छ भने भएका फोहरलाई व्यवस्थापन गरी बजार प्रबेश गर्ने क्षेत्रलाई आक्रर्षक बनाउँने काम भएको बताइएको छ ।

‘सफा हटौंडा अभियान’ निर्माण अन्तरगत आयोजित कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, सामुदायीक प्रहरी सेवा केन्द्रको साझेदारी रहेको थियो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाल, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम, मकवानपुरका प्रहरी प्रमुख बिश्वराज खड्का, शसस्त्र प्रहरी बल हेटौंडाका प्रमुख ज्ञानप्रसाद भुर्तेल, हेटौंडा १० का अध्यक्ष फुर्वा दोर्जे तामाङ, फ्रेण्डस हेटौंडाका कार्यक्रम संयोजक किरण थापा लगाएतको उपस्थितीमा बृहत सफाई कार्यक्रम गरीएको हो ।

सफाईसँगै कार्यक्रममा यौनिक अल्पसंख्यकहरुलाई सचेतना सहित यस क्षेत्रमा हुने गतिबिधि रोक्ने काममा सहयोग गर्न आग्रह गरीएको थियो । यौनिक अल्पसंख्यकहरुलाई अनैतिक गतिबिधी रोक्नका लागि हेटौंडा उपमहानगरपालिकाले आवश्यक सहकार्य गर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*