भीमफेदीको रानीखोलामा अब चुच्चेखोलाको खुवा

संवाददाता
अशोज १७, २०८१

हेटौंडा । मकवानपुरको चुच्चेखोलामा मात्र पाईने दुधको परिकार खुवा अव मकवानपुरको भीमफेदी गाँउपालिकाको रानीखोलामा पनि पाइने भएको छ ।

भीमफेदी गाँउपालीकाको आर्थिक सहयोगमा स्थानिय विशाल घिमिरेले भीमफेदीमै एसके डेरी उद्योगको नाममा खुवा, पेडा र चक्लेट उल्पादन र बिक्रिवितरण सुरु गरेका हुन् ।

दैनिक हजारौं साना सवारी गुड्ने छोटो दुरीको हेटौंडा भीमफेदी कुलेखानी सडक खण्डामा गाँउपालिकाको समेत सहयोगमा नयाँ प्रकृतिको खुवा व्यावसाय सुरु हुँदा खुशी लागेको वताउँदै भीमफेदी गाँउपलिका अध्यक्ष हिदम लामाले धेरै उत्पादन विक्रि वितरणमा भन्दा पनि गुणस्तरीय र सफा उत्पादन र निरन्तर एकैप्रकारको स्वादमा उत्पादन गर्न आग्रह गरे ।

अध्यक्ष लामाले स्थानीय उत्पादन र प्रवद्र्धनका लागि युवा आए पालिका सवैप्रकारको सहयोग गर्न तयार रहेको बताउँदै बैदेशिक रोजगारमा भन्दा स्वरोजगार हुन युवालाई आह्वान गरे ।

भीमफेदी गाँउपलिका उपाध्यक्ष संजीव श्रेष्ठले पालिकाको आम्दानी बढाउन, स्थानीय उत्पादनको प्रयोग स्थानीयस्तरमै गर्न प्रोत्साहन गर्न तथा स्थानीयस्तरमा रोजगारको श्रृजना गर्न पालिकाले लघुउद्यमीलाई प्रोत्साहन गर्ने नीति लिएको वताए ।

भीमफेदी गाँउपालिकाको लघुउद्यम शाखाबाट एकलाख बराबरको आर्थिक सहयोग भएपछि पालिकाभित्रै उत्पादन भएको दुधलाई स्थानीयस्तरमै प्रयोगमा ल्याउँदा दुध उत्पादनमा समेत प्रोत्साहन हुने र वजारमा समयमा नै दुधको भुक्तानी नहुने समस्याले मारमा परेका किसानलाई साहत र स्वरोजगार हुनका लागि गााउँमै खुवा, पेडा र चक्लेट उल्पादन गर्न थालिएको उद्योगी घिमिरेले वताए ।भीमफेदी गाँउपालिका–४ का अध्यक्ष सागर पाण्डेले आफ्नै वडामा भएको उद्योगको प्रवद्र्धनमा वडाले आवश्यक सहयोग गर्ने बताए ।

४ नम्बर बडामा संचालित स्थानीय उत्पादन लोकल कुखुरा तथा लोकल खसीको मासु पसलको उद्घाटन पालिका उपाध्यक्ष श्रेष्ठ र बाढीपहिरो पीडित एवम् असहायका लागि लक्षित कपडा बैंकको उद्घाटन वडाअध्यक्ष पाण्डेले गरेका थिऐ ।

कार्यक्रममा भीमफेदी गाउँपालिका सदस्यहरु, वडासदस्यहरु, कार्यालयका लघुउद्यम शाखाका निरज भट्टराई, जिल्ला लघुउद्यम संघ समूह ९डिमेघा०का मकवानपुर अध्यक्ष दीपेन्द्र रोक्का लगायतको उपस्थिति रहेको थियोे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*