आजबाट एसईई परीक्षा, मकवानपुरमा २६ परीक्षा केन्द्र

संवाददाता
चैत्र १५, २०८०

हेटौंडा– आज (विहीबार)बाट माध्यमिक शिक्षा परीक्षा ९एसईई० सुरु हुँदैछ । पहिलो दिनको अङ्ग्रेजी विषय परीक्षा विहान ८ बजेबाट सुरु भई ११ बजे सकिनेछ ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा बागमती प्रदेशबाट १ लाख ३३ जना परीक्षार्थी सहभागी हुने बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय हेटौंडाले जनाएको छ ।

एसईई परीक्षामा सबैभन्दा बढी काठमाडौं जिल्लाका विद्यार्थी रहेका छन् भने कम रसुवा जिल्लाको रहेको छ ।

यस वर्ष परीक्षामा काठमाडौंबाट ३७ हजार २ सय ९१, भक्तपुरबाट ६ हजार ७७, ललितपुरबाट ९ हजार ७ सय ५८, काभ्रेपलाञ्चोकबाट ५ हजार ९ सय ६३, सिन्धुपाल्चोकबाट ३ हजार ७ सय १०, नुवाकोटबाट ३ हजार ९ सय २२, रसुवाबाट ५ सय ७१, धादिङबाट ४ हजार ९ सय १०, मकवानपुरबाट ६ हजार १ सय ६३, चितवनबाट १० हजार ८ सय ९१, रामेछापबाट २ हजार ८ सय १९, दोलखाबाट २ हजार ६ सय ४६ र सिन्धुलीबाट ५ हजार ३ सय १२ जना विद्यार्थी सहभागी हुँदैछन् । गत वर्ष बागमती प्रदेशबाट १ लाख १ हजार ७३३ जना विद्यार्थीले एसईइ परीक्षा दिइएका थिए ।

परीक्षामा देशभरबाट ५ लाख ३ हजार परीक्षार्थी सहभागी हुँदैछन् । चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म सञ्चालन हुने परीक्षाको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रदेश सरकार अन्तर्गत रहेको सामाजिक विकास मन्त्रालयले परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने खर्चको व्यवस्थापन गर्दै आएको हो । राष्ट्रिय परीक्षा बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार एसईई गर्न लागेको हो । बोर्डका अनुसार न्यूनतम ‘बी’ ग्रेड ल्याउनका लागि सैद्धान्तिकमा ३५ प्रतिशत अनिवार्य ल्याउनुपर्ने हुन्छ ।

यस पटक नयाँ लेटर ग्रेडिङ निर्देशिका अनुसार न्यूनतम बी ग्रेड ल्याउनका लागि सैद्धान्तिकमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत अनिवार्य गरिएको बताए । २ वटाको छुट्टाछुट्टै रूपमा ल्याउनुपर्ने व्यवस्था गरिएको हो ।

विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था थियो । यो पटक भने दुवै छुट्टाछुट्टै अंक ल्याउनुपर्ने व्यवस्था गरिएको हो ।

मकवानपुरमा २६ परीक्षा केन्द्र

माध्यमिक शिक्षा परीक्षा ९एसईई०को लागि मकवानपुरमा २६ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरले जनाएको छ ।

गत वर्ष मकवानपुर जिल्लामा २५ परीक्षा केन्द्र रहेकोमा यस वर्ष राक्सिराङको प्रजा जागृति माध्यमिक विद्यालयलाई नयाँ परीक्षा केन्द्र थप गरिएको कार्यालयले जनाएको छ । ईकाइका अनुसार जिल्लाका ९ वटा पालिकामा एसईईको परीक्षा केन्द्र कायम हुँदा एक वटा पालिकामा परीक्षा केन्द्र तोकिएको छैन ।

इकाई मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिकामा १४ वटा र अन्य ८ पालिकामा १२ वटा विद्यालयलाई परीक्षा केन्द्र कायम गर्दा कैलाश गाउँपालिकाको कुनै पनि विद्यालयलाई परीक्षा केन्द्र तोकेको छैन ।

शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका अनुसार बागमतीमा १, हेटौंडामा १४, मनहरीमा २, थाहानगरमा ३, मकवानपुरगढी १, बकैयामा २, भीमफेदीमा १, इन्द्रसरोवर १ र राक्सिराङमा १ वटा परीक्षा केन्द्र तोकिएको हो । कैलाश गाउपालिकामा भौतिक पूर्वाधारको अभावका कारण परीक्षा केन्द्र नतोकिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिनानाथ गौतमले बताए ।

बागमतीको जनता माध्यमिक विद्यालय, मनहरीको राष्ट्रिय रोटरी माध्यमिक विद्यालय र महेन्द्र किरण माध्यमिक विद्यालय, बकैयाको महेन्द्र माध्यमिक विद्यालय र बुद्व माध्यमिक विद्यालय, थाहा नगरपालिकाको मत्स्यनारायण माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ ।

मकवानपुरगढी गाउँपालिकाका जाल्पादेवी माध्यमिक विद्यालय, भीमफेदी गाउँपालिकाको महेन्द्र माध्यमिक विद्यालय, इन्द्रसरोवर गाउँपालिकाको सरस्वती बालबोधिनी माध्यमिक विद्यालय र राक्सिराङ गाउँपालिकाको प्रजा जागृति माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ ।

हेटौंडाको जनप्रिय माध्यमिक विद्यालय, महेन्द्र किरण माध्यमिक विद्यालय, निर्मल माध्यमिक विद्यालय, वंशगोपाल माध्यमिक विद्यालय, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, बालज्योति माध्यमिक विद्यालय, ज्ञानदा माध्यमिक विद्यालय, भुटनदेवी माध्यमिक विद्यालय, सिद्धार्थ माध्यमिक विद्यालय, जीएस निकेतन माध्यमिक विद्यालय, सोलिड्यारिटी इन्टरनेशनल माध्यमिक विद्यालय, प्रगति माध्यमिक विद्यालय, अमर माध्यमिक विद्यालय र चन्द्रोदय माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र तोकेको छ ।

मकवानपुरमा यस वर्ष ६ हजार १ सय ६३ जना विद्यार्थीले एसइई परीक्षा दिँदै छन् । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास समन्वय ईकाई मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*