महिला हिंसा रोकथामको लागि अनेम संघको सिडिओ मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र
हेटौँडा/अखिल नेपाल महिला संघ मकवानपुरले महिलामाथि हुने हिंशाका घटना रोकथामका लागि प्रभावकारी भुमिका निर्वाह गर्न माग गर्दै बिहिबार गृहमन्त्री रवि लामिछानेलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको छ ।
संघले महिलामाथि हुने बिभेद र हिंशाको रोकथाम तथा हिंशामा परेकाहरुलाई सहज न्यायको लागि राज्यको भुमिकामा कमीकमजोरी देखिएको भन्दै हिंशाका घटनामा परेका पिडितका लागि छिटो छरितो न्याय र उचित क्षतिपुर्तिको व्यवस्थालाइ प्रभावकारी बनाउन माग समेत गरेको छ । बिशेषगरि किशोरीहरु कहि कतै सुरक्षित नभएकोले भन्दै अनुसन्धान प्रक्रियामा ढिलासुस्ती तथा कानुनी कारबाहीमा उदासिनता बढ्दै गएकोले यस्ता हिंशाहरु नियन्त्रण र न्युनीकरण तदारुकताका साथ लाग्न गृहमन्त्रीसँग माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाइले यथाशिघ्र ज्ञापनपत्र गृहमन्त्री समक्ष पु¥याउने प्रतिबद्धता व्यक्त गरे । संघकी मकवानपुर अध्यक्ष सुमित्रा काफ्लेले ज्ञापनपत्र पेश गरेको कार्यक्रममा अखिल नेपाल महिला संघ केन्द्रिय स्थायी कमिटि सदस्य पद्मा पौडेल, नेकपा एमाले केन्द्रिय कमिटि सदस्य जुनेलीमाया श्रेष्ठ लगायत जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।