वडा स्तरीय खेलकुद विकास समितिको सपथ

संवाददाता
फाल्गुन २२, २०८०

हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर १८ मा गठित वडा स्तरीय खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

वडास्तरमा गठित खेलकुद विकास समितीलाई वडा अध्यक्ष अनिल बानियाँले पद तथा गोपनीयताको सपथ गराएका हुन्। गत फागुन ८ गते गठित समितीले आज सपथ लिएको हो ।

समिती संयोजक जित बहादुर अधिकारी, उप संयोजक कुसम थामी, सदस्यहरुमा राजेश कुमार जिएम, अशोक श्रेष्ठ, निमेश सुवेदी, लोकेन्द्र सुर्खेती, कर्णबहादुर न्यौपाने, निर्जल कार्की, जिवनराम बानियाँ, राजेश पाण्डे, सिता श्रेष्ठ र सदस्य सचिवमा वडा सचिव दिपेन्द्र ढकालले सपथ लिएको वडा सदस्य योगराज खतिवडाले बताए ।

वडा अध्यक्ष अनिल बानियाँले वडा स्तरमा खेलकुदको विकासको लागि यो समितिले सिर्जनशील भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे । वडामा महिला तथा पुरुष खेलाडीलाई प्रेरित गरेर काम गर्न, लुकेका प्रतिभालाई प्रस्फुटन गराउन समितीले ध्यान दिनु पर्ने बानियाँले बताए ।

समितीमा सबै प्रकारको विधाको खेलाडीहरुको सहभागीता भएको स्मरण गराउँदै अध्यक्ष बानियाँले सबै विधाको खेललाई समान अवसर प्रदान गर्न, विधि, विधान र कार्यविधि बनाएर त्यस अनुसार काम गर्न निर्देशन दिए ।

सुदर्शन खतिवडाको संयोजकत्वमा सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकार समितिको सदस्यहरुमा मनकुमार न्यौपाने, जितबहादुर राना, विक्रमराज पाण्डे र कविन्द्र भण्डारी छन् । सपथ ग्रहण कार्यक्रममा वडा सदस्यहरु पुजा मंग्रातीलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*