जग्गा ओगटेर बसेका चार उद्योगको सम्झौता रद्द

संवाददाता
पुस ५, २०८०

हेटौंडा– हेटौंडा औद्योगिक क्षेत्रमा उद्योग खडा नगरी जग्गा मात्रै ओगटेर बसेका चारवटा उद्योगको जग्गा भाडा सम्झौता रद्द गरिएको छ ।

हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योग सञ्चालन गर्न सम्झौता गरी उद्योग सञ्चालनमा नल्याउने चारवटा उद्योगसँगको सम्झौता रद्द गरेको हो ।

सम्झौता भएको ६ महिनाभित्रमा आवश्यक संरचना निर्माण कार्य सुरु गरी दुई वर्षभित्रमा उद्योग सञ्चालनमा ल्याइसक्नुपर्ने कानुनी प्रावधान छ । तर, दुई वर्षभन्दा बढी भइसक्दा समेत हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सम्झौता रद्द गर्न सकेको थिएन ।

जसकारण ती उद्योगले जग्गा मात्रै ओगट्दा नयाँ उद्योगले ठाउँसमेत पाउन सकेका थिएनन् ।

हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक भोजराज बिनाडीले सनराइज कन्टेनर्स प्रालि, नाथ फुड्स् इण्डष्ट्रिज प्रालि, लक्ष्मी पेन्ट्स प्रालि र बिवाईएस हेटौंडा प्रालिसँग हेटौंडा औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालन गर्न गरिएको सम्झौता रद्द गरिएको जानकारी दिए ।

उद्योग सञ्चालन गर्न सम्झौता गरेका ती उद्योगले आवश्यक संरचना निर्माणसँगै उद्योग सञ्चालनमा ल्याउन नसकेपछि सम्झौता रद्द गरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*