१ नम्बर वडाका स्थानीय सडक सुबिधाबाट लाभान्वित
हेटौंडा– स्तरीय मोटरबाटो अभाबका कारण हेटौंडा बजार सम्म आउँनका लागि लामो यात्रा गर्नु पर्ने हेटौंडा–१ शिखरकोट (ध्याङसिड्डटार)(का बासिन्दा सडक सुबिधा बाट लाभाम्वित हुने भएका छन् ।
हेटौंडा उपमहानगरपालिका र हेटौंडा १ नम्बर वडा कार्यालयको लगानीमा हेटौंडा–११ बनदेबी बाट सडक स्तरीकरणको काम निरन्तर चलेसँगै बिकट गाउँमा रहेका स्थानिय सडक सुबिधाबाट लाभाम्बित हुने भएका हुन् ।
उपमहानगर र वडा नम्बर १ बाट छुट्याइएको बजेट बाट गत आर्थिक बर्षमा ३० लाख बराबरको काम भएको थियो । बहुबर्षे योजनामा झै काम भैरहेको हेटौंडा–११ बनदेबी बाट उकालो लाग्दै जाने सडकमा गत आर्थिक बर्षमा उपमहानगरले २० र १ नम्बर वडा बाट १० लाख रुपियाँ गरी ३० लाख बराबरको काम भएको थियो ।
चालु आर्थिक बर्ष २०८०र०८१ मा उपमहानगरपालिकाले बिनियोजन गरेको ५० लाख रुपियाँ बजेटले बुधबारबाट सडकको स्तरीकरण सुरु गरीएको छ । उपमहानगरले बिनियोजन गरेको बजेटबात थालिएको स्तरीकरणको कामलाई कार्यवाहक नगर प्रमुख राजेश बानियाँले शिलान्यास गरेका छन् ।
करीब ८७० मिटर लामो सडकको शिखरकोट पुगेर उनले शिलान्यास गरेका हुन् । सडक निर्माण सम्पन्न भएसँगै हेटौंडा ११ हुँदै बजार सम्म आउन करिब २० मिनेटको समय लाग्ने स्थानियको भनाई छ । अहिले भैरबडाँडा हुँदै बजार सम्म आउँने करिब २ घण्टा बन्दा बढि समय लाग्ने स्थानिय नामग्याल सिन्तानले बताए ।
सडकको शिलान्यास गर्दै उपमहानगरका कार्यवाहक नगर प्रमुख बानियाँले पुर्वाधार निर्माणको कामलाई बिशेष प्राथमिकतामा राखेर अघि बढिरहेको बताए । उनले तत्कालिन नगरपालिकासँग जोडिएका गाउँपालिका लक्षित बिकासलाई उपमहानगरले अघि बढाएको भन्दै उनले जनताको भावनालाई समेट्दै अहिलेको नेर्तत्व अघि बढ्ने बताए ।
उनले उपमहानगर भित्र रहेर पनि धेरै वडाका ठाउँहरु बिकट रहेको भन्दै त्यस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न तत्पर रहेको बताए । हेटौंडा–११ स्मारक सम्म जोडिनका लागि आगामि दिनमा पनि बजेट निर्माण प्रकृयामा ध्यान दिन प्रतिबद्धता जनाए ।
सडक स्तरीकरणको शिलान्यास कार्यक्रममा हेटौंडा १ का वडा अध्यक्ष सबिन न्यौपानेले शिखरकोट क्षेत्रमा रहेको स्वास्थ्य केन्द्र र खानेपानीको समस्या समाधानका लागि लागि पर्ने बताए । बजार क्षेत्र भन्दा पनि ग्रामिण भेगलाई ध्यान दिँदै वडा कार्यालयले काम गरीरहेको बताए ।
सडक स्तरीकरण समितिका अध्यक्ष लवाङ सिन्तानको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य इश्वरी रसाईली वडा सदस्यहरु सोनामसिंह व्लोन,मनु दाहाल, वडा सचिब गंगा राई, प्राबिधि छटुलाल शाह, नेपाली काग्रेस १ नम्ब इकाई सभापति हरीकृष्ण महर्जन, स्थानिय समाजसेवी नामग्याल सिन्तान लगाएको आतिथ्यता रहेको थियो ।