मकवानपुरमा चाडपर्व लक्षित सुरक्षालाई ८ सय प्रहरी खटाईंदै

संवाददाता
अशोज २२, २०८०

हेटौंडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले चाडपर्व लक्षित सुरक्षाका लागि आठ सय बढी प्रहरी परिचालन गर्ने योजना बनाएको छ ।

चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटना, चोरी, डकैती, कुटपिटलगायतका घटना नियन्त्रण गर्न मकवानपु प्रहरीले विशेषसुरक्षा योजना बनाएको हो । चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत ८ सय १७ जना प्रहरीलाई खटाउन लागिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरी जिल्लाका १० वटै स्थानीय तहमा खटिने छन् । जसमध्ये सबैभन्दा धेरै प्रहरी हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिकामा खटिने छन् । प्रहरीउपरीक्षक सीताराम रिजालको कमाण्डमा जिल्लाभर १० जना, प्रहरी नायवउपरीक्षकको कमाण्डमा २० जना, प्रहरीनिरीक्षकको कमाण्डमा १५ जना, जुनियर प्रहरी अधिकृतको कमाण्डमा ६४ जना प्रहरीहरु खटिने रिजालले बताए ।

मकवानपुर प्रहरीप्रमुख एसपी रिजालले चाडपर्व लक्षित केही सुरक्षा योजनाहरु आइतबारबाटै कार्यान्वयन भइसकेको जानकारीदिए । मकवानपुर प्रहरीले चारवटा यात्रु सहायकता कक्ष स्थापना गरेको छ ।हेटौंडा–१४ रातोमाटेमा एम्बुलेन्ससहितको यात्रु हेल्प डेस्कको स्थापना गरेको जनाएको छ ।

हेटौंडा–११ थानाभ-याङमा चालक निगरानीको लागि अस्थायी रिफ्रेससेन्टरको स्थापना गरेको प्रहरीले जनाएको छ । चाडपर्वको समयमा कुनैपनि यात्रु नठगिउन भन्ने उद्देश्यले सुमो काउन्टर क्षेत्रमाप्रहरीले यात्रु सहायता कक्षको स्थापना गरेको जनाएको छ ।

साथै, आरक्षण सीटको स्टीकर मेटिएका सार्वजनिक यातायातमा स्टीकर टाँस्ने काम समेत सुरु गरिएको रिजालले बताए । चाडपर्वलक्षित सचेतनाका लागि तयार पारिएका जिंगलहरु बजार चोकमा मात्र नभई जिल्ला भरिका विद्यालयहरुमा बिहानको राष्ट्रगानपछि बजाएर विद्यार्र्थीलाई जानकारी गराउने व्यवस्था मिलाएको उनले बताए ।

सुरक्षा नाका, अस्पतालका बिरामी रेफर, लामो दूरी सवारी जाँच, यात्रु सहायता कक्षजस्ता सुरक्षाकार्यमा प्रहरी खटाइएको उनले बताए । एसपी रिजालले चाडपर्वको समयमा यात्रुसँग बढी भाडा असुल गर्ने र विचौलियालाई कडाकारबाही गर्ने चेतावनी दिए ।

राज्यले तोकेकोभन्दा बढी भाडा लिने र कालोबजारी गर्नेलाई हदैसम्मको कारबाही गर्ने बताएका हुन् । उनले रुट परमिटका कारण धेरै सवारी चाडपर्वको समयमा दुर्घटना हुनेगरेको जानकारीमा आएकाले त्यसलाई कसरी ‘कन्ट्रोल’ गर्ने भन्ने विषयमा योजना बनाइने बताए । ‘काठमाडौं र ललितपुरको प्रहरीसँग समन्वय गरेर हामी सवारी दुर्घटना न्यूनीकरण र बढी भाडा लिने प्रवृत्ति बन्द गर्नेछौं ।’, उनले भने ।

यसैगरी, प्रहरीले दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आइतबारदेखि देशभर विशेष सुरक्षा योजना लागू गरेको थियो । विशेष सुरक्षा योजना अन्तर्गत देशभर कुल ५० हजार ५ सय ३० जना प्रहरीहरु खटाइएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएकोछ ।

प्रहरी प्रधान कार्यालयका अनुसार, विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित सबै प्रहरी युनिटले आ–आफ्नैसुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारिएको हो । दसैं र तिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेको फोर्सलाई समेत परिचालन गरिएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*