पिप्ले रंगशालामा आजदेखि विजय युथ गोल्डकप

संवाददाता
असार ५, २०८०

हेटौंडा– हेटौंडामा आज मंगलबारदेखि दोस्रो विजय युथ गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । १५ असारसम्म १० दिन चल्ने प्रतियोगिताको उद्घाटन खेल एफसी विजय युथ र अग्रसर यूथ क्लवबीच हुने भएको छ ।
१३ लाख लागत खर्च क्लब र व्यक्तिहरुसँग सहयोग उठाएर प्रतियोगिता गर्न लागिएको हो । विजय युथ क्लबको आयोजनामा हुने प्रतियोगिता खेलाडीको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापना गर्दै फुटबलको विकासका निम्ति गर्न लागिएको क्लबका अध्यक्ष सुदीप राजबाहकले बताए । हेटौंडा–५ पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने जनाइएको छ ।
प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी, विजय यूथ क्लव, हटिया भेट्रान्स क्लव, ढल्केजोवन एफसी, रिगल हेटौंडा रिसोर्ट मकवानपुर, नागस्वती एफसी, पदमपोखरी युनाइटेड, हर्नामाडी यूथ क्लव, एफसी विजय यूथ, अग्रसर यूथ क्लव, समाजकल्याण एफसी, बागमती प्रदेश प्रहरीगण, चाइना पब्लिक यूथ क्लव, चौकीटोल यूथ क्लव, पशुपति युवा क्लव, हेटौंडा फुटबल एकेडेमी ‘ए’को सहभागिता रहने राजवाहकले बताए ।
गोल्डकपको विजेताले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख बराबरको बीमा, नगद १० हजार रुपैयाँ प्रदान गरिने राजबाहकले बताए ।
प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी/प्रत्येक खेलको म्यान अफ दी म्याचलाई पुरस्कारको व्यवस्था रहेको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*